बुधवार ४४० जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ सय ७ पिसीआर परिक्षण गर्दा ३ सय ८७ जना र १ हजार ४ सय ७ एन्टिजेन परिक्षणबाट गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ सय ७४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९६ हजार ७ सय ८० पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १९ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ६० जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।