सिटीलाई हराउदै चेल्सीले जित्यो च्याम्पियन लिगको उपाधी

दिव्य रोशनी/ काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिवार राति पोर्चुगलको स्टाडिओ डो ड्रागाओमा भएको फाइनल खेलमा म्यानचेष्टर सिटीलाई १–० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । खेलमा चेल्सीका काइ हाभर्टेजले ४३औ मिनेटमा निर्णायक गोल गरेका थिए। यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन लिगको उपाधि जितेको थियो। पहिलो पटक फाईनलमा पुगेको सिटीको यो हारपछि च्याम्पियन्स लिग जित्ने सपना अधुरो रह्यो।

टिप्पणीहरू are closed.