ज्ञान सुुब्बाको म्युजिक भिडीयो “धरान शहर” सार्वजनिक
दिव्य रोशनी (धरान)/ धरानका गायक ज्ञान सुब्बाको म्युजिक भिडीयो “धरान शहर” को आज सार्वजनिक गरिएको छ।
आज सोमवार एक कार्यक्रम माझ धरान उप–महानगरपालिकाकी उप–प्रमुख मञ्जु भण्डारीले म्युजिक भिडीयोलाई यु ट्युव मार्फत सार्वजनिक गरेकि हुन्। उक्त म्युजिक भिडीयो गायक लिम्बुको अफिसियल यु ट्युव च्यानल “ज्ञान सुब्बा” मार्फत सार्वजनिक गरिएको हो।

थैली ईन्टरटेन्मेन्टको प्रस्तुती रहेको सो म्युजिक भिडीयोमा पूर्वाञ्चलकै पर्यटकिय नगरीको उपमा पाएको धरानको विजयपुर बुढासुब्बा साथै भेडेटार, नमस्ते झरना, बराहक्षेत्र र कोशी टप्पुका पर्यटकिय स्थलहरु देखाईएको छ। धरान प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हर्क “चुम्मे” को शब्द रहेको उक्त गितलाई भूपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरेका छन्। भावना रेकर्डिङ स्टुडियो धरानमा रेकर्डिङ गरिएको उक्त गितलाई जिवन भट्टराईले संगित दिएका छन्भने कुमार थापाले एरेन्ज र मिन विष्टले मिक्सिङ गरेका छन्। म्युजिक भिडीयोमा नायिका तथा मोडल रेखा फागो, विनोद बस्नेत, बादल श्रेष्ठ,जोयना लिम्बु,विपना श्रेष्ठ, निशाम लिम्बु र बारात लिम्बुले अभिनय गरेका छन्।

कार्यक्रममा धरान उप–महानगरपालिकाकी उप–प्रमुख मञ्जु भण्डारीले गित मार्फत धरानका पर्यटकिय स्थलहरुको चित्रण गरिएको बताए। उनले गीतमा धनकुटा र सुनसरीका सबै पर्यटकियक्षेत्र समेटिएको बताउदै भेडेटार र कोशी टप्पु विना धरानको पर्यटन अधुरो रहने समेत बताए।
कार्यक्रममा ज्ञान सुब्बाका चर्चित म्युजिक भिडीयो “ओ व्यस्त जिवन” र “हिउदको घाम” को पनि प्रदर्शनी गरिएको थियोभने भर्खरै जेसिजका केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका धरान जेसिजका अध्यक्ष दिपेन्द्र निरौलालाई सम्मान समेत गरिएको थियो।
टिप्पणीहरू are closed.