तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवलः दोस्रो दिन धरान होलिल्याण्ड, डिपो र कार्मेल स्कुल बिजयी

धरान मेघा कलेजको आयोजनामा मङ्रगलबार देखि सुरुभएको  तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको दोस्रो दिन होलिल्याण्ड इन्टरनेसनल स्कुल, डिपो स्कुल र कार्मेल हाइ स्कुल बिजयी भएका छन ।

           प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा होलिल्याण्ड स्कुलले आयोजक धरान मेघा बि टिमलाइ ७१-३५ अंकको अन्तरले पराजित गरेका छन । खेलमा होलिल्याण्ड स्कुल र धरान मेघाले  प्रत्येक क्वाटरमा ११–५, १५–८, १२–४ र २३–१८ अंक जोडेका थिए ।

दोस्रो खेलमा डिपो ए टिमले एम्स एकेडेमीलाई ४५–२७ अंकको अन्तरले जित निकाले । खेलमा डिपो र एम्स कलेजको प्रत्येक क्वाटरमा १४-६, ६-५, १३-८ र १३-८ अंक रहेको थियो । यसै गरि तेर्सो खेलमा कार्मेलले चिल्ड्रेन एकेडेमीलाई  ४९–३९ अंकको अन्तरले पराजित गरेका छन । कार्मेल र चिल्ड्रेन टिमले प्रत्येक क्वाटरमा १२–१०, १४–१३, १२–६ र १२–१० अंक जोडेका थिए ।

बुधबार देखि सुरु हुने क्वाटरफाइनल खेल धरान मेघा ए र धरान आदर्श , बिजयपुर स्कुल र सियोन स्कुल, होलिल्याण्ड स्कुल र डिपो ए र कार्मेल स्कुल र टावर टेम्पल स्कुल झापा बिच प्रतिस्पर्धा हुनेछ ।

        १२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।  ५ गते सम्म सम्पन्न हुने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटल कोर्टमा हुनेछ ।

प्रतियोगितामा धरान बास्केटबल संघ, सुनसरि बास्केटबल संघ र रेवाहाङ रुछेन्बुङ राई स्मृती प्रतिष्ठानको बिशेष सहयोग रहेको छ ।