कारागारका बन्दीहरुलाई उपयोगी पुस्तक

दिव्य रोशनी(धरान)/ लायन्स क्लव अफ धरान ग्लोरीले सुनसरीको रामधुनी स्थित झुम्का कारागार पुस्तकालयमा पुस्तक–दराज सहित २ सय ५० थान पुस्तक हस्तास्तरण गरेको छ।
शनिवार एक कार्यक्रमको आयोजना गर्दै ग्लोरीले पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोगमा पुस्तक हस्तान्तरण गरेको हो।
पुस्तक हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्र कुबेर खापुङ, सुनसरी जिल्ला प्रहरी प्रमुख सुमन तिमसिना, जेलर धु्रुव रिजाल, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, उप–मेयर तारा थापा, सशस्त्र प्रहरी बलका एस.पी. सुमेन्द्र बज्राचार्य, सशस्त्र कारागार प्रमुख–डि.एस.पी. आइन्द्र नेम्वाङ्ग, लायन्स क्लबका Multiple GET लायन इन्द्र राजन खत्री, IPDG लायन विजय हरि शर्मा, 1st VDG लायन बबरजंग थापा,2nd VDG लायन लिला चिमरिया,Cabinet Treasurer लायन रमेश खत्री लगायत विभिन्न सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पूर्वेली अन्तर्राष्ट्रिय समाजका अध्यक्ष सुवास लोहनीले आफ्नो मातृभूमिको लागि केहि गरौं भन्ने उद्देश्यले नेपाल बाहिर विभिन्न देशहरूमा कार्यरत पूर्व क्षेत्रका नेपालीहरूलाई आबद्ध गरी समाज गठन गरिएको बताए। उनले लायन्स क्लब अफ धरान ग्लोरीसंग सहकार्य गरी कारागारमा रहेका बन्दीहरूको जीवन परिवर्तनमा टेवा पु¥याउन पुस्तकहरू उपलब्ध गराउँन पाउंदा समाजका सदस्यहरू अत्यन्तै हर्षित भएको बताए। यसैगरी संयोजक शिवजी श्रेष्ठले समाजको सहयोग सानो शुरूवात मात्र भएको बताउदै मानव कल्याणकारी कार्य तथा जीवन परिवर्तनको अभियानमा समाज निरन्तर कार्यरत रहने जनाए।
कार्यक्रममा लायन्स क्लव अफ धरान ग्लोरीका अध्यक्ष एकता श्रेष्ठले झुम्का कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने पवित्र उद्देश्यले बन्दीहरूको लागि उपयोगी विविध विषयको पुस्तक उपलब्ध गराईएको बताए।