दशैं तिमी आउ

दशैं तिमी आउ,
कर्णालीका लालाबाला लाई,
किताब कापी, पेन्सील एकजोर नाना र
पेटभरी खाना लिएर आउ ।

दशैं तिमी आउ,
गरिबीमा पिल्सिएर
अरबको ५२ डिग्री गर्मिमा
पसिना बगाउँदै
बाकसमा फर्किनुपर्ने परिस्थितीको
अन्त्य गर्ने गरी आउ ।

दशैं तिमी आउ,
कर्णालीका बाटो घाटो, गाँउ गाँउमा
स्वास्थ्य चौकी नदिनाला,
पुलपुलेसा लिएर आउ ।

दशैं तिमी आउछौं नै भने,
साँच्चिकै दशैं नै बनेर आउ
महंगी बेरोजगारी, भ्रष्टचार, बेतिथी
कमिशन खोरी आदिको
अन्त्य गर्नेगरी आउ ।

तिमीलाई स्वागत छ, तिमी आउ तामझामका साथ आउ, तर दुःख पीर बेतिथी, बेरोजगारी जे–जे छ,यी सबैको अन्त्य गर्नेगरी आउ । – (नारायणगढ , चितवन)