तेस्रो अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको उपाधि फस्ट स्टेप काठमाण्डौ, डिआर एफसि धरान, र ऐना समुह धरानलाई

दिव्य रोशनी(धरान)/ तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको उपाधि ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ, भेट्रान तर्फ डिआर एफसि धरान र महिला तर्फ ऐना समुह धरानले जितेको छ ।


शनिवार भएको फाइनल खेलमा ओपन तर्फ फस्ट स्टेपले युनाइटेड फेलोसिप दार्जिलिङलाई ५–१, भेट्रान तर्फ डिआर एफसि धरानले ग्रेस फाउण्डेसन गान्तोकलाई ४–२ र महिला तर्फ ऐना समुह धरानले एक्ट नेपाललाई हराउदै उपाधि जितेको हो। महिला तर्फ प्राविधिक कारणले एक्ट नेपाल इटहरी फाइनलमा सहभागिता जनाउन नसकेपछि प्राविधिक टिम र आयोजकले ऐना नेपाललाई विजेता घोषित गरेका थिए । भेट्रान तर्फको तेस्रो उपाधिका लागि शुक्रवार नै भएको खेलमा आश्रय काठमाण्डौले व्रदर्स रिकभरिङ्ग सिक्किमलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो उपाधि हात पारे ।
ओपन तर्फका विजेता फस्ट स्टेपले नगद दुई लाख, उपविजेता युनाइटेड फेलोसिप दार्जिलिङले नगद १ लाख सहित ट्रफि र मेडल प्राप्त गरेका छन् । भेट्रान तर्फ विजेता डिआर एफसि धरानले नगद ५० हजार, उपविजेता ग्रेस फाउण्डेसनले नगद ३० हजार र तेस्रो हुने आश्रय काठमाण्डौले नगद २० हजार सहित ट्रफि र मेडल प्राप्त गरे । महिला तर्फका विजेता ऐना समुह धरानले नगद २० हजार रुपैया, ट्रफि र मेडल प्राप्त गरे।
यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडि ओपन तर्फ फस्ट स्टेपका प्रवल राई र वेस्ट गोल किपर दार्जिलिङ युनाइटेडका राजु शर्मा घोषित भए । उनिहरुले जनहि नगद ५ हजार र ट्रफि प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याच फस्ट स्टेपका सविन राई घोषित भए। उनले मेडल र प्रमाणपत्र प्राप्त गरे । भेट्रान तर्फको उत्कृष्ट खेलाडि डिआर एफसि धरानका निरज लामा र उत्कृष्ट गोलकिपर ग्रस फाउण्डेसन गान्तोकका काल्जेन भुटिया घोषित भए । उनिहरुले जनहि २ हजार ५ सय रुपैया र ट्रफि प्राप्त गरे । भेट्रान तर्फको फाइनल खेलको म्यान अफ द म्याच डिआर एफसिका जोन मोतmान घोषित भए । उनले मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम ग्रस फाउन्डेसन गान्तोक घोषित हुँदै ट्रफि र प्रमाणपत्र प्राप्त गरे।


विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशि प्रदेश खेलकुद विकाश समिति सदस्य सचिव एवं नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष कृष्ण वस्नेत (पर्शुराम), सञ्जिवनी केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकार, धरान १८ न. वडाध्यक्ष प्रविण राई नरेन्द्र, १० न. वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, युवा नेता सन्तोष विके लगायतले पुरस्कार वितरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि कृष्ण वस्नेतले रेफ्रिलाई वल हस्तान्तरण गरेर फाइनल खेल सुरु गरिएको थियो ।
सञ्जिवनी केन्द्र धरानको आयोजनामा आयोजित प्रतियोगिताको संम्पुर्ण खेल धरान १६ स्थित विवि फुटसलमा भएको थियो। पुर्व दुव्र्यसनी तथा रिकभरिङ्ग खेलाडिहरुमा आपसि भाइचारा तथा सामाजिकरण गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा धरान, चितवन, काठमाण्डौ, झापा, मोरङ्ग, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक लगायत बाट रिकभरिङ्ग टिमले सहभागिता जनाएको थियो।