युएन कलेजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
दिव्य रोशनी(धरान)/ धरानको प्रतिष्ठित शैक्षिक संस्था युएन नवोदय कलेजमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।
“परिवर्तनका लागि सामाजिक अभियान” भन्ने मूल नाराका साथ सामाजिक स्वास्थ्य क्लिनिक धरानले यही चैत्र १८ गते शनिबार असक्त, ज्येष्ठ नागरिकहरुका लागी स्वास्थ्य शिविर सम्पन्न गरेको हो। स्वास्थ्य शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रशान्त साहले सुगर ,ब्लड प्रेसर, थाइराइड तथा मुटु सम्बन्धी रोगको चेक जाँच गर्नुभएको थियो। उहाँलाई नर्स द्धय निशा श्रेष्ठ र उषा चौधरीले सहयोगको भुमिका निभाएका थिए। शिविरमा ६०वर्षदेखि ९०वर्षका वृद्धवृद्धा ले आफ्नो स्वास्थ्य जाँच गरेका थिए। जसमा ४०जना वृद्धा र २०जना वृद्ध रहेका थिए। स्वास्थ्य शिविरमा बिरामीलाई चेकजाँच मात्र नभई औषधिपनी निःशुल्क वितरण गरिएको थियो भने मुटु सम्बन्धी समस्या भएका ६०वर्ष भन्दा कम उमेरका केही व्यक्तिहरुलाई पनि चेकजाँच गरिएको थियो।
यस शिविरमा आफ्नो स्वास्थ्य जाँच गराएपछि हजुरले के लाभ पाउनु भो? भन्ने प्रश्नमा धरान १६ का ७४ वर्षीय बुवा सर्वध्वज लिम्बूले यस्ता शिविरबाट आफू लगायत अन्य धेरै लाभान्वित भएको बताउनुभयो। उहाँले शिविरको आयोजना गर्ने आयोजकलाई धन्यवाद दिँदै आफूलाई एकदम खुसी लागेको बताउनु भयो। त्यसैगरी धरान १६ कै ६५ वर्षीया आमा दिल कुमारी रामदामले निःशुल्क स्वास्थ्य शिविरमा सहज तरिकाले स्वास्थ्य जाँच गराए पछि आफूलाई खुसि लागेको बताउनुभयो। पाक्षिकरूपमा आयोजना हुने यो स्वास्थ्य शिविर ३४ औं हप्तामा सम्पन्न भएको परिवर्तनका लागि सामाजिक अभियान धरानका अध्यक्ष विष्णु बरालले बताउनु भयो। शिविर सम्पन्न पश्चात युएन कलेजका निर्देशक डम्बर तुम्बापोले शिविरमा आफ्नो अमूल्य समय दिएर बिरामीको स्वास्थ्य जाँचमा समय दिई खट्नु भएका डाक्टर प्रशान्त साह र सहयोगी भूमिका निभाई दिनु हुने सबैलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो । उहाँले आगामी दिनमा सहयोगको अपेक्षा राखेको बताउनुभयो। कार्यक्रममा उहाँले डाक्टर प्रशान्त साह लाई मायाको चिनो प्रदान गर्नुभएको थियो। (भवानी चुडालबाट)
Pingback: บาคาร่าเกาหลี
Pingback: Mega Moolah
Pingback: verified online drugstore denver
Pingback: เน็ต ais