प्रेम गीत ३ को बिबाद सुल्झियोः हिन्दी डब पनि नेपालमा रिलिज हुने
दिव्य रोशनी/ यस बर्षकै बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ को हिन्दी डब नेपालमा रिलिज गर्ने या नगर्ने भन्ने बिबाद सुल्झिएको छ।
हिन्दी भाषामा डब भएको प्रेमगीत ३ लाई नेपालमा रिलिज गर्ने विषयलाई लिएर भएको विवाद चलचित्र बिकास बोर्डबाट सेन्सर अनुमती पाएसंगै अब प्रेम गीत ३ हिन्दी र नेपाली एकैसाथ प्रदर्शनमा आउने भएको छ। प्रेमगीत ३ निर्माण टिमले हिन्दी डब रिलिजको लागि चलचित्र विकास बोर्डलाई १५ प्रतिशत विकास शुल्क तिरेर सेन्सर अनुमति लिएको छ। प्रेमगीत ३ टिमका तर्फबाट निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले बुधबार बोर्ड पुगेर अध्यक्ष भुवन केसीलाई भेट्दै विकास शुल्क बुझाएर सेन्सर अनुमति लिएको कार्यकारी निर्माता चक्र बहादुर चन्दले जानकारी दिनुभयो।
हिन्दी डब नेपालमा रिलिज हुने नहुने अन्यौल रहेको बेला बुधबार निर्माण टिमले सिनेमाको सेन्सर अनुमति लिएसँगै नेपालमा पनि शुक्रबारबाटै प्रदर्शन हुने निश्चित भएको छ । सिनेमाको अहिले दर्शकमाझ उच्च हाइप छ। सिनेमाको शनिबार नै अधिकांश मल्टिप्लेक्स हलले अग्रीम टिकट बुकिङ समेत खोलिसकेका छन्।मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन रहेको प्रेम गीत ३ लाई स्वर्गीय छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन्। फिल्ममा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्र यही असोज ७ गते देखी विश्वब्यापी रुपमा रिलिज हँुदैछ।
Pingback: วัดสายตาเด็ก
Pingback: บาคาร่า168 เว็บตรง
Pingback: developer website
Pingback: online drugstore with good reviews in colorado