नङको सौन्दर्य
दिव्य रोशनी/ नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ।हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैनभने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ। सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो। हात अघि सार्दा नङ देखिने गर्छ।फोहोर, दाग भएका, टुक्रेका, भाँच्चिएका नङ भएको हातले व्यक्तित्वमा नकारात्मक असर पार्छ। सुन्दर तथा सही आकारमा काटिएका, सुहाउँदो रङको पोलिस लगाइएका स्वस्थ सुन्दर नङले तपाईंको व्यक्तित्वमा निखार ल्याउने काम गर्छ। प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन्।साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ।कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ।भाँडा सफा गर्दा, लुगा धुँदा,सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ।त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी,कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ।
नङलाई सुन्दर र स्वस्थ बनाउने तरिकाहरुमाः
– कागतीको प्रयोग गरेर नङमुनि वा कुनातिर भएका दाग र फोहोरलाई सफा गर्न सकिन्छ।
– टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको दाग सफा हुन्छ।
– मोइस्चराइजर वा कन्डिसनिङयुक्त नेल पोलिस तथा रिमुभरको प्रयोग गरेको राम्रो हुन्छ।
– नङको प्रयोग गरेर काम गर्ने बानीलाई कम गर्नुपर्छ।
– सन्तुलित खाना खाने र सफा पानी पिउनु पर्छ।
– नङ सफा गर्दा तीखो वस्तुको प्रयोग गर्नु हुँदैन।
– नङको स्याहार गर्न नसकिने भएमा छोटो नङ राख्नु राम्रो हुन्छ।
– नङमा उसिनेको आलु रगड्नाले नङको चमक बढ्छ।
– फिट्किरीको मालिसले नङलाई बलियो बनाउँछ।
– नङ बांगा भए राति सुत्नुअघि तातोपानीले नङ धुने र नङमा बेसारको लेप लगाउने। बिहान नङ सफा गरेर जैतुनको तेलले मालिस गर्नाले नङहरू सीधा हुन्छन्।
– नङ पालिस हटाउनका लागि घरेलु विधि प्रयोग गर्नुहोस्। कपासलाई एउटा डल्लोलाई मट्टीतेलमा भिजाउने र अर्को डल्लोलाई कागतीको रसमा। कागतीको रसमा डुबेकोे कपासको डल्लोलाई नङमा दल्नुहोस् र त्यसपछि मट्टीतेल भएको कपासको डल्लोलाई रगड्नुहोस्।यस्तो गर्नाले नङ पालिस निस्किन्छ। अन्त्यमा पुनःकागतीको रस भएको कपासको डल्लो नङमा लगाउनुहोस्। यस्तो गर्नाले ताजा नङ पालिस लामो समयसम्म रहिरहन्छ।
–शीघ्र नङ पालिस सुकाउन लगाएको एक मिनेटपछि बरफको पानीमा नङलाई भिजाउनुहोस्। यस्तो गर्नाले नङ पालिस चाँडै सुक्छ र पालिसको चमक पनि रहिरहन्छ।
–नङ पालिस लगाउनुअघि नङमा बदामको तेल लगाउनुहोस्। यसो गर्नाले नङ कडा हुँदैनन्।
– नङको धब्बा हटाउन आलुको रस लाभप्रद हुन्छ।कागतीको रसले पनि धब्बा जान्छ।
– नरिवलको तेलले नङ मालिस गर्दा
Pingback: balçova travesti
Pingback: french bulldogs
Pingback: merle french bulldog
Pingback: kayseri taksi
Pingback: business in ai search answer
Pingback: wordpress generative engine optimization
Pingback: floodle
Pingback: probiotic dog treats
Pingback: micro bully
Pingback: french bulldog puppies for sale houston
Pingback: french bulldog texas
Pingback: pusulabet
Pingback: in vitro fertilization mexico
Pingback: french bulldog houston texas
Pingback: in vitro fertilization mexico
Pingback: fiv mexico
Pingback: dog joint supplements
Pingback: misty casino
Pingback: kauai weather
Pingback: dog registry
Pingback: french bulldog puppies near me for sale
Pingback: best probiotic for english bulldog
Pingback: French Bulldog Registration
Pingback: bitcoin
Pingback: openai
Pingback: coco tennis
Pingback: french bulldog rescue
Pingback: condiciones climaticas queretaro
Pingback: linh hoang houston
Pingback: Bulk URL Shortener
Pingback: designer kennel club
Pingback: micro bully lifespan
Pingback: elizabeth kerr
Pingback: how can you get papers on a dog
Pingback: texas heeler
Pingback: how can you get papers on a dog
Pingback: joyce echols
Pingback: best food for bernedoodles
Pingback: dogs mustache
Pingback: aussiechon
Pingback: american bully life span
Pingback: exotics bullies
Pingback: ragnarok origin private server