मिसेस एण्ड मिस धरान आइकोनको पहिलो अडिसन सम्पन्न (भिडियो सहित)
दिव्य रोशनी(धरान)/
मिसेस धरान आइकोन सिजन २ एण्ड मिस धरान सुपर आइकोन सिजन १ को पहिलो अडिसन सम्पन्न भएको छ।
एल एन सी मोडेल एजेन्सीद्वारा शनिबार धरान ८ स्थित दि धरान क्याफे एण्ड रेस्ट्रोमा आयोजित पहिलो अडिसनमा २९ जना विवाहित तथा अविवाहित महिलाहरुको सहभागिता रहेको थियो। अडिसनमा सहभागीहरुले निर्णायकहरुद्वारा सोधिएको प्रश्नको उत्तर दिंदै आफुमा निहित कला, प्रतिभाहरु प्रस्तुत गरेका थिए।
अडिसन कार्यक्रममा धरान ८ न.ं वडाका वडाअध्यक्ष धन बहादुर राई प्रमुख अतिथी रहेका थिए। पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष राईले यस्ता ब्युटि पेजेन्ट प्रतियोगिताहरुले महिलाहरुको व्यक्तित्व विकासमा मद्धत पुर्याउने बताए। उनले महिलाहरुको व्यक्तित्व विकासमा लागी राज्यले गर्न नसकेका कार्यहरुपनि संस्थाले गर्नु प्रशंसनिय भएको बताए। यसैगरी महिला संजाल धरानका पूर्व अध्यक्ष शिला बज्राचार्यले महिलाहरुले आफुसँंग प्रतिभा रहेरभएपनि देखाउन प्लेटफर्म नभएको अवस्थामा यस्ता कार्यक्रमहरु सहायक सिद्ध हुने बताए। उनले आयोजकले प्रदान गरेको विभिन्न तालिमहरुमा सहभागी भई आफ्नो व्यक्तित्व विकाश गरी बिजेता बन्नको लागी पनि शुभकामना दिए। त्यस्तै बरगाछी महिला समूहका अध्यक्ष उषा थापा समेतले सहभागीहरुलाई जितको शुभकामना व्यक्त गरेकि थिईन्।
एल एन सी मोडेल एजेन्सी प्रालिका सिईओ दिपक गिरीले महिलाहरुले कोशिस नगरेसम्म अगाडी बढ्न नसकिने भएकाले महिलाहरु हिम्मत जुटाएर अग्रपंक्तिमा आउनुपर्ने बताए। उनले कार्यक्रम समापन पश्चात् पनि एजेन्सीले सहभागीहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गराउँदै लैजाने समेत बताए।
उनका अनुसार प्रतियोगितामा २०/२० जनालाई फिनालेमा लगिने भएको छ। प्रतियोगिहरुलाई १ महिनासम्म विभिन्न व्यक्तित्व विकासका तालिमहरुपनि प्रदान गरिने छ। प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यहि साउन २४ गते शनिबार पुतलीलाईनको स्काई लन्चमा हुने पनि प्रालिका सिईओ गिरीले जानकारी दिए।
रञ्जिता बाँस्कोटाको स्वागत मन्तव्य रहेको पहिलो अडिसनका निर्णायकहरुमा महिला सञ्जाल धरानकी पुर्वअध्यक्ष शिला बज्राचार्य, मिसेस स्टेट २०२५ प्रथम रनरअप ममता शाह, सामाजिक अभियान्ता मुना राई, वुमन वर्थ ग्रुपका सचिव रोजी तुलाधर र एजेन्सीका सद्भावना दुत भागिमाया लिम्बु रहेका थिए।
प्रतियोगिताको बिजेताले उपाधी सहित नगद ३० हजार, सिक्किम टुर, १२ लाख बराबरको ईन्सुरेन्स सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्भने फस्ट रनरअपले नगद २० हजार र सेकेण्ड रनरअपले १५ हजार, २ लाखको बिमा सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ। (दिव्य रोशनी साप्ताहिकबाट)