बुद्ध विहारमा सामाजिक स्वास्थ्य क्लिनिक
दिव्य रोशनी(धरान)/ परिवर्तनका लागि सामाजिक अभियानद्वारा सामाजिक स्वास्थ्य क्लिनिकको ७९ औं संस्करण शनिबार धरान ८ स्थित बुद्ध विहारमा सम्पन्न भएको छ।
बुद्ध विहार धरान ८ को सहकार्य रहेको सो स्वास्थ्य क्लिनकमा मुटुरोग, सुगर / प्रेसर जाँच संगै बिरामीहरुलाई निःशुल्क औषधी वितरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अभियानका अध्यक्ष विष्णु बरालले ६० वर्षभन्दा माथिका मुटुरोग, मधुमेह र रक्तचापका बुवाआमाहरुलाई निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच संगै औषधी वितिरण गरिएको बताए। उनले अस्पतालमा हुने भिडभाडका कारण बुवाआमाहरुलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन पनि त्रैमासिक रुपमा शिविरको आयोजना गर्दै आएको जानकारी दिए। उनका अनुसार अभियानले धरानका विभिन्न वडा तथा संघसंस्थाहरु संग सहकार्य गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको छभने धरान बाहिर चतरा, ईटहरी, झुम्का, झापा गाउपालिकामा पनि कार्यक्रम गर्दै आएको तथा धरानदेखि गाउँगाउँसम्म समेत सेवा प्रवाह गर्दै आएको बताए।
स्वास्थ्य शिविरमा ५० जनाको कोटा भएपनि कहिलेकाही बिरामीको संख्या बढ्नाले १ सय भन्दा बढी विरामीहरुलाई सेवा प्रवाह गर्दै आएको अध्यक्ष बरालको भनाई छ।
स्वास्थ्य शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. प्रशान्त साहले बिरामीहरुको स्वास्थ्य जाँच गर्दै आएका छन्। (दिव्य रोशनी साप्ताहिकबाट)
Pingback: generic cialis in canada
Pingback: buying cialis online safely
Pingback: is ginseng good for prostate health