टेवुल टेनिस संघ सुनसरीको अध्यक्षमा विनोद श्रेष्ठ
दिव्य रोशनी(धरान)/
सुनसरी जिल्ला टेबुल टेनिस संघको अध्यक्षमा विनोद शाक्य सर्वसम्मत चुनिएका छन्।
शनिबार धरान १० स्थित कबर्डहलमा संघको पाँचौ अधिवेशनले शाक्यलाई अध्यक्षमा सर्वसम्मत चुनेको हो। यसैगरी संघको उपाध्यक्षमा उमेश धुमन, सचिवमा मोहन पान्डे र कोषाध्यक्षमा गणेश तामाङ पनि सर्वसम्मत चयन भएका छन्।
यसैगरी संघको सदस्यहरुमा धुर्व पलिखे, विनोद बस्नेत, सुर्य थापा, राजेश भट्टराई, सरद रत्न पार्थिव र विकल नेपाल पनि चयन भएका छन। त्यस्तै संघको प्राविधिक सल्लाहकारमा गीता थापा सुवेदी चयन भएका छन्भने अन्य सल्लाहकारहरुमा शत्रुधन उदास, भक्त राई, डाक्टर मनोज लाखे, किरणलाल श्रेष्ठ र गणेश पलिखे रहेका छन्।
कार्यक्रममा अखिल नेपाल टेबल टेनिस संघको केन्द्रिय उपाध्यक्ष अनुज बानियाले रास्ट्रभरी नै टेबल टेनिस संघमा समस्या देखिरहेको बेला टेबल टेनिसलाई समेत अन्य खेल जस्तो चुस्त-दुरुस्त बनाउनका निम्ति लागिपरेको बताए। कार्यक्रममा यादव कार्की एवं निर्वाचन प्रतिनिधी विकास कुमार गुभाजुको समेत उपस्थिति रहेको थियो। सो कार्यक्रमबीच नविन बनेपालीलाई बिदाई तथा सम्मान समेत गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)
