महिला संजाल धरानको अध्यक्षमा ईवारम सहित सम्पूर्ण कार्यसमिती सर्वसम्मत चयन

महिला संजाल धरानको अध्यक्षमा सावित्री ईवारम सहित सम्पूर्ण कार्यसमिती सर्वसम्मत चयन भएका छन्।
आईतबार धरान ८ स्थित यलम्बर सामुदायिक वनमा सम्पन्न संजालको ७ औं अधिवेशनबाट अध्यक्ष ईवारम सहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । सञ्जालमा ७ पदाधिकारी र ६ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।
अधिवेशनबाट उपाध्यक्षद्धयमा शकुन्तला भुषाल र कल्पना शेर्पा, सचिवमा ईन्द्रकला राई, सह–सचिवद्धयमा निर्मला नेपाल र कमला लिम्बू र कोषाध्यक्षमा शिखा चेम्जोङ सर्वसम्मत चयन भएका छन्।


यसैगरि सदस्यहरुमा मनिता चाम्लिङ, ज्योति लिम्बू मेन्याङबो, शान्ता अधिकारी, उत्तर कुमारी शाक्य, विद्या देवान र सीतादेवि विश्वकर्मा रहेका छन्। निर्वाचन कमिटिमा सल्लाहकार विष्णु बराल, पुर्व अध्यक्ष शिला बज्राचार्य र सबिता राई रहेका थिए।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र विक्रम वेघा रहेका थिए। उद्धघाटनसत्रमा सचिव ईन्द्रकला राईले प्रतिवेदन र कोषाध्यक्ष कल्पना शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अधिवेशनबाट निवार्चित पदाधिकारीहरुको पदास्थापना संजालको आफ्नै भवनमा गर्ने निवर्तमान अध्यक्ष सपना राईले बताईन्।