अनाम रंगमञ्चको अध्यक्षमा विजय संयोक
दिव्य रोशनी(धरान)/ अनाम रंगमञ्चको अध्यक्षमा बिजय संयोक सुब्बा सर्वसम्मत चुनिएका छन्।
सोमवार भेडेटार स्थित स्कुल डाडा (देबीथान) रिसोर्टमा भएको प्रथम वार्षिक साधारणसभाले अध्यक्षमा बिजय संयोक सुब्बालाई सर्वसम्मत चुनेको हो। यसैगरी सोहि साधारणसभाले सर्वसम्मत रुपमा ११ सदस्यिय कार्यसमिती समेत गठन गरेको छ।
जसमा समितीको उपाध्यक्षद्धयमा कुलचन्द्र न्यौपाने, सुजता राई रहेका छन्भने सचिवमा सुरेन्द्रराज भुजेल, सहसचिवमा सुमिना खड्गी र कोषाध्यक्षमा कमला अधिकारी रहेका छन्। यसैगरी सदस्यहरुमा हिमाल दाहाल, राजेन्द्र दाहाल, नागेन्द्र राई, सरस्वती योगी र दीपेन्द्र सिंह दर्नाल रहेका छन्।
सोही अवसरमा अग्रज रंगकर्मी शारदा शाक्यको प्रमुख संयोजकतामा ५ सदस्यिय सल्लाहकार समिती समेत गठन गरिएको छभने कार्यक्रममा कलाकारहरु हेम दिलुङ्छा, नबिन पराजुली, आकाश, सजना खनाल र अनिता लिम्बुलाई साधारण सदस्यता समेत वितरण गरिएको थियो।