कविताः तिहारमा

तिहारमा

देउसी–भैलो खेल्दै सबैको घरमा जान पाईयोस्
सबैले पकाएका तातो–तातो सेल रोटी खान पाईयोस्।।

मखमली र सयपत्रीको माला लाइयोस्
हरेक घरमा रुवावासी होइन देउसी गीत गाईयोस्।।

धम्की दिन र चन्दा लिन नआईयोस्
अपहरण, हत्या आतंक मच्चाउन नपाइयोस्।।

आफ्नै मातृभूमिको राष्ट्रिय झण्डा नजलाइयो
परम्परा र संस्कृति माथि बलात्कार गर्दै गृहयुद्ध नफैंलाइयोस्।।

हज्जारौं सन्ततिको लाश हेरेकी मातृभुमिलाई नगलाइयोस्
पापी, अधर्मी, राक्षसहरुको छिटै मलामी जान पाईयोस्

शान्त समुन्नत नेपाल सबैको चाहना यहि छ
२०८१ को तिहार शुभकामना ।

– (धरान उपमहानगरपालिका, धरान १४ सुनसरी)