कालाबञ्जारमा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम

नेपाली कांग्रेसले बराहाक्षेत्र नगरपालिकाको कालावञ्जारमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ । बराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ र ५ लाई समेटेर साविक भरौल गा.वि.स. को कालाबञ्जारमा नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले कार्यक्रम गरेको हो ।
कार्यक्रममा तीज विशेष संगीनी गाउने तथा खेल्ने, दाइजो प्रथा विरुद्ध सचेतना सम्बन्धि नाटक प्रस्तुत र तीज नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा वडा नं. ३ की सिजी राजधामी प्रथम, वडा नं. ५ की सपना श्रेष्ठ दोश्रो र वडा नं. ४ की कुमारी बस्नेत तेश्रो भएकी थिइन । उनीहरुलाई तीजको सारी पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सांसद डा. सुनिल शर्मा समेत नाच्न आईपुगेका थिए । उनले छोटो मन्तव्य राख्दै आफु नाच्न मात्र आएको बताएका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले शुभकामना व्यक्त गर्दै महासमितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको भन्दै खुशी प्रकट गरेका छन् ।
सभापति तामाङले हरितालिका तीज हिन्दु नारीहरुको चाड भएतापनि पछिल्लो समय आम नारीको साझा चाड भएको तर महंगो र भड्किलो बन्दै गएको तथा महंगो महंगो पाटी प्यालेस र होटलमा चर्को प्रवेश शुल्क लिएर तीज मनाइन थालेपछि तीज पर्व निम्न वर्गका महिलाहरुको पहुंच भन्दा पर हुंदै गएको भन्दै टोल वस्तीभित्र सबै वर्गका महिलाहरुले तीज पर्वलाई रमाउन सकुन् भनेर समुदायस्तरमा तीज पर्वलाई पु¥याउन समुदायमा आधारित तीज विशेष कार्यक्रम गरिएको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य जगत कार्की, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नेपाल महिला संघ सुनसरीकी सभापति विजया कटवाल, महाधिवेशन प्रतिनिधि पुजा धामी, बराहक्षेत्र नगर उपसभापति जितबहादुर कार्की, बराहक्षेत्र ५ नं. वडा सभापति दिलबहादुर पौडेल, आर्थिक संयोजक धनराज राउत लगायतले मन्तव्य राखेका थिए ।
समुदायमा आधारित तीज विशेष कार्यक्रम धरान उपमहानगरको पटनाली र महादेव चौक, बराहक्षेत्र नगरको चतरा तथा रामधुनी नगरको बक्लौरीमा समेत आयोजना हुने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।
कार्यक्रममा बराहक्षेत्र नगर प्रमुख रमेश कार्की, महासमिति सदस्य तथा पूर्व धरान नगर प्रमुख तिलक राई, महाधिवेशन प्रतिनिधि दिपेश बस्नेत, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, जिल्ला सदस्यहरु प्रदिप बस्नेत, अनुपमा सुनुवार, कालुराम चौधरी, शंकर बस्नेत, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सदस्यहरु लोकमणि शर्मा, प्रदिप राई, सम्राट क्षेत्री, शिखा चेम्जोङ, तिलकबहादुर कार्की, थिरबहादुर कार्की, कृष्णबहादुर कार्की, नर्वदा पौडेल, क्षेत्रीय सल्लाहकार काशीराम चौधरी, वडा अध्यक्षहरु तेजबहादुर गुरुङ, रोशन खड्का, प्रदेशसभा १(२) उपसभापति अनिल मगर, सचिव राजेन्द्र खड्का, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेशसभा १(२) सहसचिव मन्जु राई, बराहक्षेत्र नगर उपसभापति युवराज श्रेष्ठ, सचिव प्रतिक राई, वडासभापतिहरु ईश्वर थापा, अमर कटवाल, पनुलाल धामी, नुतनकुमार धामी, नेपाल किसान संघ प्रदेशसभा १(२) सभापति शिव कार्की, रामधुनी ६ उपसभापति निर्मला चौधरी, जनता बहुमुखी क्याम्पस स्ववियु सभापति सहदेव काप्mले, नेपाल महिला संघ बराहक्षेत्र नगर सभापति छविना मगर लगायतका नेतागणहरुको सहभागिता रहेको थियो ।