भ्वाईस किड्सको उपाधी अनुयालाई

“भ्वाइस किड्स” सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् ।
शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले “भ्वाइस किड्स” सिजन ३ को उपाधि जितेकि हुन्। दर्शकले दिएको भोटको आधारमा अनुयाले बढी भोट प्राप्त गरेकि थिईन्। विजेता अनुयाले १० लाख रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । उनलाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेका थिए। यसैगरी अन्य फाइनलिस्टहरुलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।
कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ संगै लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिएभने कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए।
फिनालेमा कोच र तिनका प्रतिस्पर्धीहरुले सांगीतिक प्रस्तुति समेत दिएका थिए।