नयाँ सरकारले सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्छः सभापति गोले

दिव्य रोशनी(सुनसरी)/ नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ गोलेले नयाँ सरकारले सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस, बराहक्षेत्र नगरपालिका वडा नं. ५ को वडा सम्मेलनलाई सम्वोधन गर्दै गोलेले यस्तो बताएको हो । प्रमुख अतिथि समेत रहेका गोलेले विकास र समृद्धिका लागि देशमा मौलाएको भ्रष्टचार र दण्डहीनता निर्मूल गर्नुपर्ने र यसका लागि ठूला–साना सबै काण्डको निष्पक्ष छानवीन गरी दोषी उपर कानुन बमोजिम हँदै सम्मको कारवाही गर्नुपर्नेमा जोड दिएका छन्।उनले पार्टीले संगठन केन्द्रीत मात्र नभई जनता र समाज केन्द्रीत गतिविधिलाई समेत बढाउनुपर्ने तथा पार्टी पनि देश जस्तै बहुसाँस्कृतिक, बहुधार्मिक र बहुजातिय भएकाले सबै जातजाति, भाषाभाषी, धर्मवालम्वी र संस्कृतिका जनसमुदायको भावना बमोजिमका कार्यक्रम गरी आपसी एकता, सद्भाव र सहिष्णुता कायम गर्नमा टेवा पुग्ने जस्ता कार्यक्रमहरु गर्नुपर्ने बताए।
वडा सभापति दिलबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न वडा सम्मेलनमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख तथा पार्टी सभापति रमेश कार्की र ५ नं. वडा अध्यक्ष रोहित काप्mलेले आफुहरुले जितेर आएपछि गरेका कामहरुको बारेमा जानकारी गराएका थिए। प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई र महासमिति सदस्य जगतबहादुर कार्कीले पार्टी भित्रको विकृति विसंगतिको अन्त गर्नुपर्ने, कार्यकर्ताको सही मूल्यांकन हुनुपर्ने, पार्टी अनुशासन र आचर संहिताभित्र सबै नेता तथा कार्यकर्ताहरु रहनुपर्नेमा जोड दिए।
कार्यक्रममा बराहक्षेत्र नगरका उपसभापतिद्धय हर्कबहादुर थापा, उपसभापति जितबहादुर कार्की, नगर प्रतिनिधि प्रल्हाद थापा, नेपाल महिला संघ बराहक्षेत्र ५ का सभापति कमला कार्की, क्रियाशील सदस्यद्धय दुर्गाबहादुर बस्नेत, धनबहादुर खत्री लगायतले मन्तव्य तथा विचार राखेका थिए भने सञ्चालन वडा सचिव चन्द्रबहादुर बस्नेतले गरेका थिए।कार्यक्रममा सांगठानिक र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो।