युडिएको अन्तर विद्यालय डान्स प्रतियोगिताको सेमिफाईनलमा उत्कृष्ट ६०

दिव्य रोशनी(धरान)/ धरानको युनाईटेड डान्स एकेडेमी (युडिए) द्वारा आयोजित विद्यालय स्तरिय डान्स प्रतियोगिता २०८१ को तेस्रो राउण्डबाट उत्कृष्ट ६० जना सेमिफाईनलमा प्रवेश गरेका छन्।
शनिवार धरान ९ स्थित होटल रत्न ईनमा सम्पन्न प्रतियोगितामा सिनियर तर्फ कक्षा ६ देखी १० सम्म (सिजन ८) का १५ जना र जुनियरतर्फ (सिजन ४) १५ जना गरी ६० जना सेमिफाईनलका लागी छानिएका छन्।
गत बैशाखदेखी शुरु भएको अडिसनमा धरानका विभिन्न विद्यालयहरुबाट ५ हजार ७ सय ६५ जनाबाट छनौटगरी ४ हजार ३ सय बाट १ सय २० जनामा छनौट गरिएको युडिएका प्रबन्ध निर्देशक सन्तोष तामाङले जानकारी दिए। उनका अनुसार सेमिफाईनल आगामी अशोज ३ गते हुनेछ। निर्देशक तामाङले विद्यार्थी भित्र लुकेको नृत्य कलालाई प्रस्फुटन गराउन यस्तो प्रतियोगिताको आयोजना गरिएको बताए। प्रतियोगिताको फाइनल दशैं÷तिहारपछि सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सिनियरतर्फ प्रथम हुनेले नटराज ट्रफि सहित नगद १ लाख, २५ तोला चाँदीको क्राउन पाउनेछन्भने पुरुष प्रथम भएमा क्राउनको सट्टा चाँदीको आकर्षक लकेट पाउनेछन्। यसैगरी द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५० हजार र २५ हजार सहित आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन्।
यसैगरी जुनियर तर्फका बिजेताले नटराज ट्रफीका साथमा नगद ५० हजार, १० तोला चाँदीको क्राउन पाउनेछन्भने दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २५ हजार र १५ हजार सहित आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन्। प्रतियोगिताका निर्णायकहरुमा तृष्णा राई र देवराज खड्का रहेका थिए।
यसअघिको स्कुल डान्स आईडल प्रतियोगिताको पहिलो सिजन २०७२ मा सेन्ट जोसेफ स्कुलका सरिना केसी, दोस्रो सिजन २०७३ मा डिपोट स्कुलका विमस पौडेल, तेस्रो सिजन२०७४ मा लिवर्टी स्कुलका सोनु तामाङ, चौथो सिजन २०७५ मा लोटस स्कुलका अनिसा राई, पाँचौ सिजन २०७६ मा आवरहोम स्कुलका करिस्ता राई, छैटौं सिजन २०७९ मा पर्वत बोर्डिङ स्कुल धरान १९ कि महिमा लिम्बु र आठौं सिजनमा आवरहोम स्कुलकी रिन्छेन गुरुङ बिजेता भएकी थिईन्।
यसैगरी स्कुल डान्स आईडल जुनियरतर्फको पहिलो सिजनमा आवरहोम स्कुलका रिन्छेन गुरुङ, दोस्रो सिजनमा भिक्टोरी बोर्डिङ स्कुलकी लेमी राई र तेस्रो सिजनमा पर्वत बोडिङ स्कुलकी आयुमा राई विजयी भएका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)