धरानको बजेट १ अर्ब ८९ करोड ४३ लाख

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० रुपैयाको बजेट सार्वजनिक गरेको छ।
आइतबार उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले १५ औं नगरसभाबाट उक्त बजेट सार्वजनिक गरेको हो । यो बजेट गत आर्थिक बर्षको भन्दा करिब १७ करोड बढी हो । गत बर्षको कुल बजेट १ अर्ब ७२ करोड ५३ लाख ८३ हजार विनियोजन गरिएको थियो । बजेट सार्वजनिक गर्दै उपमेयर बेघाले पुर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई प्राथमिकता दिएको जानकारी दिए ।
यसैगरी उपमहानगरले आन्तरिक राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २ सय ८०, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट ६ करोड ४० लाख ६४ हजार, संघीय राजश्व बाँडफाँटबाट २१ करोड ३४ लाख, प्रदेश राजश्व बाँडफाँटबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरेको छ ।
त्यस्तै बजेटमा २० वटै वडाहरुको लागि प्रशासनिक, कार्यक्रम तथा पूँजीगततर्फ आन्तरिक स्रोतबाट २१ करोड विनियोजन गरिएको छ । गत आर्थिक बर्षमा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेका क्रमागत आयोजनाहरुको लागि थप ३ करोड विनियोजन गरिएको छ । यसैगरी प्रमुख भिजनमा ५ करोड, प्रमुख कोषमा १ करोड ८० लाख, उपप्रमुख भिजनमा ३ करोड र उपप्रमुख कोषमा ७५ लाख विनियोजन गरिएको छ । त्यस्तै शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ शःसर्त अनुदानमा ८ करोड ७३ लाख २९ हजारसमेत गरि कुल ४५ करोड ८२ लाख २९ हजार विनियोजन गरिएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ सशर्त अनुदान ४३ करोड ८६ लाख ९५ हजारसमेत गरि कुल ४६ करोड २६ लाख ९५ हजार विनियोजना गरिएको छ।
स्वास्थ्यतर्फ सशर्त अनुदान ७ करोड ६३ लाख ८४ हजारसमेत गरि कुल ८ करोड ३ लाख ८४ हजार विनियोजन छ भने सामाजिक विकासतर्फ कुल ४ करोड ४१ लाख, आर्थिक विकासतर्फ सशर्त अनुदान १ करोड १५ लाख ४४ हजारसहित कुल १ करोड ८४ लाख ९४ हजार विनियोजन गरिएको छ । वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड ४० लाख, पर्यटनतर्फ सशर्त अनुदानसमेत गरि कुल ९० लाख ५० हजार, सुचना तथा संचारतर्फ २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ १० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ २० लाख बजेट विनियोजना गरिएको छ भने राजश्व परिचालनतर्फ २३ लाख, वडा पूर्वाधार निर्माण कार्यक्रममा कुल २५ करोड ७० लाख विनियोजना गरिएको छ ।


यसैगरी उपमेयर बेघद्धारा प्रस्तुत बजेटमा वडा नं १ ले ७७ लाख ३४ हजार ५६० रुपैया बजेट पाएको छ भने वडा २ ले ६९ लाख १९ हजार २ सय ९३ रुपैया, वडा नं ३ ले ६८ लाख ७९ हजार १०३ रुपैया, वडा नं ४ ले १ करोड ११ लाख ३ हजार ४ सय ८३ रुपैया पाएको छ । यस्तै, वडा नं ५ ले १ करोड १६ लाख १२ हजार ५ सय ५२ रुपैया, वडा ६ ले १ करोड १० लाख ६७ हजार ७ सय ५९ रुपैया, वडा नं ७ लाई ६६ लाख २१ हजार ३ सय ७९ रुपैया, वडा नं ८ ले १ करोड ३५ लाख ४० हजार ३ सय ७९ रुपैया, वडा ९ ले ७४ लाख ३९ हजार ८ सय ४५ रुपैया, वडा १० ले ७९ लाख १९ हजार ५ सय ६९ रुपैया, वडा नं ११ ले १ करोड २६ लाख २४ हजार ९ सय ४८ रुपैया, वडा १२ ले ७६ लाख ६३ हजार १ सय २१ रुपैया, वडा नं १३ ले १ करोड ७ लाख ७६ हजार ८ सय ६२ रुपैया, वडा नं १४ र्ले ८१ करोड ४६ लाख ३४ रुपैया, वडा नं १५ ले १ करोड ९० लाख ८७ हजार ८ सय २८ रुपैया, वडा नं १६ ले १ करोड १४ लाख २८ हजार ८ सय २८ रुपैया, वडा नं १७ ले १ करोड ६२ लाख ९३ हजार ६ सय ९०रुपैया, वडा नं १८ ले ८१ लाख ९७ हजार ६९ रुपैया, वडा नं १९ ले १ करोड ११ लाख १४ हजार ९ सय ६६ रुपैया र वडा २० ले १ करोड ३८ लाख २८ हजार ७ सय २४ रुपैया बजेट पाएको छ ।