धरानको पिण्डेश्वर मन्दिरमा बोलबम शुरु(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ आज साउन १ गते मंगलबारदेखि धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बोलबम शुरु भएको छ ।
प्राचिन हरिद्धार चतराधाम सुनसरीका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पिण्डेश्वरमा जल चढाएर औपचारिक रुपमा बोलबमको शुभारम्भ गरेका थिए । उनले हिन्दुहरुको आस्थाका देवता शिवको मनपर्ने महिनाको रुपमा साउन महिनालाई लिइने भएकाले प्राचिन हरिद्वार कोशीकी तट कोशी नदिबाट खाली खुटा हिडेर ल्याइएको जल पिण्डेश्वरमा चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको समेत बताए। सोहीक्रममा जगद्गुरु बालसन्तले पिण्डेश्वरको महिमाबारे प्रचारप्रसारका लागी पिण्डेश्वर महायज्ञको आयोजना गर्न पिण्डेश्वर बाबाधाम समितीलाई सुझाव समेत दिए। पिण्डेश्वरमा सोमबारको दिन जल चढाउने चलन रहिआएपनि विगतका बर्षदेखि भने साउनको सबै बार जल चढाउने प्रचलन शुरु गरिएको छ।


सोही अवसरमा पर्यटनकर्मी बासुदेव बरालद्धारा लिखित पुस्तक “रुद्राक्षारण्य”को विमोचन समेत गरिएको थियो। सो पुस्ताकको विमोचन जगद्गुरु बालसन्तले गरेका थिए। कार्यक्रममा प्रदेश सासंद रमेश बस्नेतले धरानको धार्मीक पर्यटकिय क्षेत्रहरु समावेश गरिएको बासुदेव बरालद्धारा लिखित पुस्तक “रुद्राक्षारण्य”ले धरानको धार्मीकक्षेत्रहरुको प्रचारप्रसारमा सघाउ पुरयाउने बताए। यसैगरी धरान १४ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले धरान १४ विजयपुरलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न तिनै तहको सरकारले चासो दिनुपर्ने बताएका थिए।