धरानमा यमाहाको ब्लु स्क्वायर शोरुम सञ्चालन (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ नेपालका लागी यमाहाको आधिकारीक बिक्रेता एमएडब्लु राइड्स प्रा.लिद्धारा धरानमा ब्लु स्क्वायर शोरुम सञ्चालनमा आएको छ।
धरान ८ स्थित विजयपुर ट्रेडर्समा यमाहा मोटरसाइकलको अन्तराष्ट्रिय स्तरको ब्ल्यु स्क्वायर (BLUE SQUARE) शोरुम आज बिहिबार देखी संचालनमा आएको हो। एउटै छातामुनि गुणस्तरीय सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा सहित सञ्चालनमा आएको ब्लु स्क्वायर शोरुमको उद्धघाटन धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी बेघाले अहिलेको अर्थिक मन्दिमा पनि हिम्मतका साथ शो रुमा संचालनमा आएको बताउदै यसले धरानको पुँजी चलायमान हुने विश्वास व्यक्त गरे। उनले व्यावसायीक सफलताको कामना समेत गरे। यसैगरी सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले, आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिराज आचार्य, धरानका निवर्तमान नगर प्रमुख तिलक राई, पूर्व प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ लगायतले व्यावसाय सफलताको कामना गरेका थिए।
विजयपुर ग्रुपका अध्यक्ष पंकज खतिवडाको स्वागत मन्तव्य रहेको सो कार्यक्रम विजयपुर ट्रेडसका प्रोप्रराईटर प्रभाव खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो।