सम्यकमा राउण्ड टेबलद्वारा विविध कार्यक्रम

दिव्य रोशनी(धरान)/ श्री सम्यक शिक्षा आधारभूत विद्याललय धरान १७ उदयटोलमा राउण्ड टेबलले विविध कार्यक्रमको आयोजना गरेको छ ।
मंगलवार आयोजित कार्यक्रममा आ.व. २०८०/०८१ संघिय वित्तिय हस्तान्तरण शैक्षिक गुुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत सशर्त अनुदान क्रियाकलाप २/७/१३/१३ अन्तर्गत धरान उपमहानगरपालिका कार्यालयबाट प्राप्त विज्ञान प्रयोगशालाको उद्घाटन तथा हस्तान्तरण समेत गरिएको थियो । सो कार्यक्रममा धरान राउण्ड टेबल २६ बाट विज्ञान प्रयोगशालाको लागि कक्षाकोठाको मर्मत तथा पाटेशन, तीनवटा कक्षाकोठाको भुुई ढलाइ, बालगृह खेलमैदानको मर्मत, विद्यालयमा फुलबारी निर्माण र कक्षा १ र बालविकास केन्द्रका लागि पंखा र विजुुली जडान मर्मत गरिएको कार्यक्रम संयोजक धरान राउण्ड टेबल २६ का भुुतुपूर्व अध्यक्ष लक्ष्मीकान्त वियानीले बताए।


धरान राउण्ड टेबल २६ का अध्यक्ष शेंकी अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुुख अतिथि राउण्ड टेबल इन्टरनेशनलका निवर्तमान अध्यक्ष जयन्त अग्रवाल रहेका थिएभने अतिथिहरुमा राउण्ड टेबल नेपालका अध्यक्ष नितेश अग्रवाल र राउण्ड टेबल नेपालका एरिया २ का को–ओडिर्नेटर विवेक राठी रहेका थिए।
कार्यक्रममा धरान राउण्ड टेबल २६ का पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।