स्काउट चित्रकलामा नामसाङ प्रथम

दिव्य रोशनी (धरान)/ नेपाल स्काउटको ७३ औँ स्थापना दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा नामसाङ राई प्रथम भएकी छन् ।
मंगलबार स्थानीय स्काउट कार्यालय धरानको आयोजनामा सम्पन्न नगर स्तरिय अन्तर ट्रुप चित्रकला प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकी छात्रा नामसाङ राई प्रथम भएकी हुन्। यसैगरी प्रतियोगितामा युरेका आवासीय माविका छात्रा सिम्रन राई दोस्रो, निशान क्षेत्री तेस्रो र सैनिक महाविद्यालयकै छात्र मिसन खड्का सान्तवना भए। विजेताहरूलाई प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा, स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी, स्थानीय स्काउटका प्रमुख आयुक्त अनुप योन्जन लगायतले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए।
प्रतियोगितामा धरानका १३ वटा विद्यालयहरू सहभागी रहेका थिए।