किरात याक्खा छुम्मा १ नं प्रदेश समितीमा कृष्ण

दिव्य रोशनी/ किरात याक्खा छुम्मा १ नं प्रदेश समितिको ऐतिहासिक प्रथम सम्मेलनबाट अध्यक्षमा कृष्णबहादुर जिमी याक्खा निर्वाचित भएका छन्।
यही असार १ र २ गते धनकुटामा भएको प्रथम ऐतिहासिक सम्मेलनले कृष्ण बहादुरलाई अध्यक्षतामा निर्वाचित गरेको हो। यसैगरी समितीको उपाध्यक्षमा नविन जिमी, सचिवमा नरेन्द्र याक्खा, कोषाध्यक्षमा गीताकुमारी याक्खा र सहसचिवमा युवेन तुम्बा निर्वाचित भएका हुन्।
यसैगरी समितीका सदस्यहरूमा कुमार लिंखा, धनबहादुर देवान, नविनकुमार याक्खा, युवराज जिमी, खेमाहाङ सोम्याहाङ, सुमन याक्खा, कृष्ण देवान, लक्ष्मीकुमार जिमी याक्खा, हर्कमाया जिमी, सकरानी याक्खा, यामबहादुर लिम्बुखिम र बुद्धिबहादुर याक्खा रहेका छन्।
निर्वाचन समितीका प्रमुखमा केन्द्रिय उपमहासचिव भरत याक्खा र सदस्यहरुमा केन्द्रिय सदस्यद्धय मिना राई र डम्बर रोगु रहेका थिए।