सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवनलाई अग्रता
पोखरा/ सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २ अन्डर ६७ सहित शीर्षस्थानमा रहेका छन्।
पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे। सञ्जय र प्रज्वल १ ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन्।
दल बहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २ ओभर ७१ सहित चौथो स्थान बाँडे। १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुबाश तामाङ र प्रो धन बहादुर थापाले ३ ओभर ७२ को स्कोर कार्ड बनाए। दुवै खेलाडी संयुक्तरुपमा सातौं स्थानमा छन्। यसैगरी ४ ओभर ७३ स्कोरकासाथ नेपाल नम्बर एक शुक्र बहादुर राई, दिनेश प्रजापति, कमल तामाङ तथा एमेच्योर गल्फरहरू महेन्द्र फगामी र सुरेश तामाङ संयुक्तरुपमा नवौं स्थानमा छन्।
नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडी मध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए। पहिलो होलमा बोगीको सामना गरेपनि चौंथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३३ मा सकाए। यसपछि १०औं, १३औं र १७औं होलमा एक–एक सट बचाए भने १३औं र १६औं होलमा बोगी खेपे। उनले ब्याक नाइन १ अन्डर ३४ मा पुरा गरे। यसरी उनले दिनकै उत्कृष्ट २ अन्डरको स्कोर कार्ड बनाए।
सञ्जय लामाले दोस्रो होलको बोगीले फ्रन्ट नाइन १ ओभर ३५ मा सकाए। यसपछि १५औं होलमा बर्डी प्रहार गरेपनि १६ औं होलमा एक सट खेर फाल्दै ब्याक नाइन इभन–पार ३५ मा पुरा गरे। प्रज्वल गुरूङले राम्रो सुरुवात गर्दै चौंथो, पाँचौ र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन २ अन्डर ३२ को नतिजामा सकाए। ब्याक नाइनमा लय गुमाउँदा १२औं, १५औं, १६औं र १८औं होलमा चारवटा बोगी खेपे। १४औं होलको बर्डीले ब्याक नाइन ३ ओभर ३८ मा सकाए।
पहिलो दिनको खेलमा ९० वा सो भन्दा माथि स्कोर गरेका तीन एमेच्योर खेलाडी विदुर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन्।
५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। ३६ होलको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलको लागि कट बनाउनेछन्। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा। लि।को प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो–एमसँगै प्रतियोगिता सकिनेछ।
Pingback: หวยออนไลน์ คืออะไร ทำไมถึงนิยมเล่นกันดีกว่า หวยใต้ดินอย่างไร ?
Pingback: Study in Africa
Pingback: join illuminati
Pingback: Bassetti preiswert kaufen
Pingback: buy viagra online
Pingback: water fountain
Pingback: เพิ่มยอดวิว
Pingback: วิเคราะห์บอล
Pingback: ทัวร์ธุรกิจจีน
Pingback: 86kub
Pingback: how to hack discord
Pingback: ล่องเรือเจ้าพระยา
Pingback: เรียนต่อออสเตรเลีย
Pingback: ซับคอนแทรค
Pingback: dark168
Pingback: rca77
Pingback: สมัครเล่น Ka Gaming Slot เครดิตฟรี รับได้ทุกยูส
Pingback: รับทำ SEO
Pingback: saคาสิโน
Pingback: virtual office for rent
Pingback: โรงงานผลิตสายรัดพลาสติก
Pingback: รถรับส่งสนามบินในญี่ปุ่น
Pingback: ทำไมต้องเล่นสล็อตกับ Next Spin Slot