किरात राई पत्रकार संघ सुनसरीमा बसन्त राई
दिव्य रोशनी(धरान)/ किरात राई पत्रकार संघ सुनसरीको पाँचौ अधिवेशनले बसन्त राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको छ।
सोमवार किरात राई यायोक्खाको सभाहलमा आयोजित अधिवेशनले बसन्त राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो। जसमा समितीको उपाध्यक्षद्धयमा पारस चाम्लिङ राई, सञ्जु राई सचिवमा सुम्निमा चाम्लिङ राई, सहसचिवमा सुप्रिया राई, कोषाध्यक्षमा दिल बहादुर राई र सहकोषाध्यक्षमा दिपेस ईसारा राई रहेका छन्। यसैगरी सदस्यहरुमा निशा राई, मनिसजंग राई, स्मारिका राई, सचिन राई, स्वर्णिम राई र सविना राई रहेका छन्।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा किरात राई पत्रकार संघका पूर्व केन्द्रिय अध्यक्ष भिषण राई, पूर्व केन्द्रिय उपाध्यक्ष श्रीशिषा राई, जिल्लाका पूर्व अध्यक्ष हिन्दुहाङ राई, यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राई, सचिव नविन राई लगायतको उपस्थिती रहेको थियो। सो कार्यक्रम संघका जिल्ला समानान्तर कमिटीका उपाध्यक्ष मनिता चाम्लिङ र कार्यक्रम संयोजक विशाल राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाका समानान्तर कमिटीका अध्यक्ष प्रविण राईलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो।
Pingback: ดูพรีเมียร์ลีก ais
Pingback: 1xbet apk
Pingback: ฆท
Pingback: ตู้ล่าม
Pingback: prozac and zoloft
Pingback: รับออกแบบ อพาร์ทเมนท์