सोमबार २७१ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ५७ पिसीआर परिक्षण गर्दा २ सय ५१ जना र १ हजार ७ सय २९ एन्टिजेन परिक्षणबाट गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय २५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३१ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ८६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।