गोधुली फुटबल रनिङकप हेर्न एन्जिला पुगिन् रंगशालाः धरान ५ सेमीफाईनलमा
दिव्य रोशनी(धरान)/ धरान ११ लाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै ५ नं वडा धरानमा जारी गोंधुली फुटबल रनिङकपको सेमिफाईनलमा प्रवेश गरेको छ।
शनिवार राती धरान रंगशालामा भएको खेलमा धरान ११ नं वडालाई ० का विरुद्ध ३ गोल गर्दै धरान ५ नं वडा गोधुली फुटबल रनिङकपको सेमिफाईनलमा प्रवेश गरेको हो। खेलको पहिलोे हाफको ४ मिनेटमा धरान ५ का सुवास लिम्बुले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। यसैगरी खेलको ११ र ३६ औं मिनेटमा धरान ५ का तिल बहादुर लावतीले थप २ गोलगरी टिमलाई ३–० अग्रता दिलाएका थिए।
मध्यान्तर सम्म ३–० गोल अन्तरले अगाडी रहेको धरान ५ का विरुद्ध धरान ११ ले निर्धारित समयसम्म कुनैपनि गोल गर्न नसकेपछि हार बेहर्नुपर्यो। खेलमा धरान ५ का मिजास आङबुहाङ म्यान अफ दि म्याच घोषित भए। उनले नगद २ हजार हात पारे।
प्रतियोगितामा नेपाली महिला फुटबलकी क्यापटेन ऐन्जिला तुम्बापोको पनि उपस्थिती रहेको थियो। उनि आफ्नै बायोपिक चलचित्रका निर्देशक मिलन चाम्स, गड फादर प्रेम श्रेष्ठ र चलचित्र अन्जिलाका आमाको भूमिकामा रहेकि कलाकार सिर्जना लिम्बुको साथमा फुटबल हेर्न रंगशाला आएकि थिईन्।
आईतवारको चौथो तथा अन्तिम क्वाटरफाईनल खेल धरान १८ नं वडाका विरुद्ध १७ नं वडाका बिच हुने आयोजक संस्थाका उपाध्यक्ष सतिस केसीले बताए।
प्रतियोगितामा धरानका २० वटा वडामध्ये २ र ७ नं वडाले सहभागिता जनाएका छैनन्। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन्। यसैगरी विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) द्धारा थप २५÷२५ हजार प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरुमा वेस्ट प्लेयरले नगद १५ हजार, हाईस्कोररले नगद ७५००, बेष्ट डिफेण्डर, म्यानअफ दि म्याच, बेष्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्ट्राईकर, राईजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५५०० प्राप्त गर्नेछन्।
कुल अनुमानित बजेट २४ लाख १८ हजार ३ सय ३५ रुपैया रहेको सो प्रतियोगिताको समापन समारोहमा १ जना उत्कृष्ट पत्रकारलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ। हालसम्म गोधुली रनिङकप धरान १९ नं वडाले सर्वाधिक ६ पटक जितिसकेको छभने ८ नं वडा र १७ नं वडाले ४÷४ पटक जितेको छ।
२५ औं संस्करणमा आईपुग्दा क्लवले धरान नै पहिलो पटक रात्रीकालिन फुटबल खेल संचालन गरिरहेको छ।