१३ औं धरान १० किमी. रनःकेन्याका जेरोटिच र विल्सन बने प्रथम

दिव्य रोशनी(धरान)/
धरान १० के रन १३ औं नेवा च्यारिटी अन्तर्गत महिला÷पुरुष खुल्लातर्फको दौडमा केन्याका शरण जेरोटिच र विल्सन चेउलीयोट प्रथम भएका छन्।
“शिक्षाको निम्ति च्यारेटी दौड’’ भन्ने नाराको साथ शनिबार भएको खुल्ला तर्फको दौड प्रतियोगितामा महिला÷पुरुष दुवैतर्फ केन्याका धावक÷धाविकाहरु प्रथम भएका हुन्। प्रतियोगितामा खुल्ला महिलातर्फका बिजेता शरण जेरोटिचले निर्धारित १० किलोमिटर दुरी ३८ मिनेट ४२ सेकेण्डमा पुरा गरिन्। यसैगरी नेपाल प्रहरीकी सुस्मिता कुमारी चौधरी ३९ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन्भने एपिएफकी दिपा परियार ३९ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् ।
यसैगरी खुल्ला पुरुष तर्फका बिजेता विल्सन चेउलीयोटले निर्धारित १० किलोमिटरको दुरी ३० मिनेट ५५ सेकेण्डमा पुरा गरेका थिए। त्यस्तै केन्याकै जुलियस माउरिकीले ३१ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भएभने जुम्लाका दुर्गा बहादुर बुढा तेस्रो बने। उनले निर्धारित दुरी ३२ मिनेट ४४ सेकेण्डमा पार गरेका थिए। खुल्ला तर्फका महिला÷पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो बिजेताहरुले क्रमशः नगद ६० हजार, ४० र ३० हजार सहित मेडल र ट्रफी प्राप्त गरेका थिए।
यसैगरी प्रतियोगिताको अण्डर १६ उमेर समूहमा पुरुषतर्फ ईश्वर राईले ३९ मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम बने। त्यस्तै सुवास कुमार विकले ४१ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो बनेभने ४१ मिनेट २६ सेकेण्डमा दुरी पार गरेका विकी यादव तेस्रो भए। त्यस्तै महिलातर्फ ४४ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै जुहि राई प्रथम भए भने कुशल राईले ४६ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए। त्यस्तै पुजा महताराले निर्धारित दुरी ५० मिनेट २८ सेकेण्डमा पार गर्दै तेस्रो भए। महिला/पुरुष तर्फका बिजेताहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका थिए।


यसैगरी भेट्रान पुरुषतर्फ विजय कुमार राई प्रथम, राकेश महर्जन दोस्रो र राम चन्द्र श्रेष्ठ तेस्रो भएका थिएभने भेट्रान महिलातर्फ जमुना लिम्बु प्रथम, सपना राई दोस्रो र सम्झना राई तेस्रो भएका थिए। त्यस्तै मिड भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम, सुवर्ण सुब्बा दोस्रो र नाम्पर लेप्चा तेस्रो भएका थिएभने मिड भेट्रान महिलातर्फ अनुदा तामाङ प्रथम, होमादेवी पुन दोस्रो र शान्ता वनेम तेस्रो भएका थिए। भेट्रान र मिड भेट्रान महिला पुरुष तर्फका बिजेताहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका थिए।


त्यस्तै सुपर भेट्रान पुरुषतर्फ कृष्ण तामाङ प्रथम र महिलातर्फ जमुना त्रिखत्री मोक्तान प्रथम भएका थिए। सुपर भेट्रानका बिजेताहरुलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियोभने ह्वील चेयर रेसका प्रथम, दोस्रो र तेस्रो बनेका धावक/धाविकाहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो। यसैगरी प्रतियोगितामा वडाअध्यक्ष रनिङ शिल्ड धरान १० का वडाअध्यक्ष विवेक राईले हात पारेका छन्।
नेपालकै सर्वाधिक ठुलो धरान १० कि.मी. रनमा ४ हजारभन्दा बढी धावक/धाविकाहरुको सहभागिता रहेको थियो। यस धरान रनको १३ औ संस्करणमा संकलित रकमहरु शिक्षामा समर्पित गरी अक्षय कोष अझ बढाइ जेहेन्दार–विपन्न विद्यार्थीको छात्रवृत्तिलाई निरन्तरता दिइने धरान रन समूहका अध्यक्ष रोमु राईले बताए। उनका अनुसार यसअघि धरान रन समूहले प्रथम नेवा च्यारेटी ८ कि मी रन २०६९ बाट संकलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ २ लाख ५० हजार दिई किरात राई यायोक्खाको सहकार्यमा ४ लाखको अक्षय कोष खडा गरिएको थियोभने दोस्रो नेवा च्यारेटी ८ कि.मी. रन २०७० बाट संक्रमित दुव्र्यसनी महिलाहरुको निम्ति दृष्ट्रि नेपाल संस्थाको ह्यापि होमका लागि १ लाख ७७ हजार सहयोग गरेको थियो। त्यस्तै तेस्रो नेवा च्यारेटी २०७१ बाट धरान पोजेंटिभ समुहमा रहेका संक्रमित बालबालिकाको शिक्षाको लागि १ लाख ५० हजार प्रदान गरेको थियो। यसैगरी समूहद्धारा चौथो नेवा च्यारेटी २०७२ बाट विभिन्न ५ संस्था अनि बिरामीको निम्ति २ लाख प्रदान गरिएको थियोभने पाँचौ नेवा च्यारेटी रन २०७३ बाट उठेको रकमबाट २ लाख ५० हजार शिक्षाको निम्ति अक्षय कोष खडा गरि २४ जना जेहेन्दार सामुदायिक विद्यालयको विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता साथै वार्षिक शुल्कमा खर्च गरिएको थियो।
यसैगरी छैठो नेवा च्यारेटी २०७४ मा उठेको रकमबाट अक्षयकोषलाई ३ लाख ५० हजार थप गर्दै ६ लाख बनाएको थियोभने सातौ नेवा च्यारेटी २०७५ मा शिक्षाको निम्ति उठेको रकम ४ लाख थपि जम्मा १० लाखको अक्षय कोष स्थापना गरिएको थियो। त्यस्तै आठौं नेवा च्यारेटी २०७६ बाट उठेको रकम १ लाख ८२ हजार थप गरि कुल अक्षयकोष रकम ११ लाख ८२ हजार बनाईएको थियो। त्यस्तै नवौं नेवा च्यारेटी २०७७ मा कोरोना महामारीको कारणले सिमित धावक/धाविकाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो। यही अन्तगत विगतका संस्करणदेखि संकलित रकम नेवा एजुकेशन फण्डमा १३ लाख बनाई अक्षय कोष स्थापना लाई निरन्तरता दिइएको छ।
समापन कार्यक्रममा उपमेयर अईन्द्र विक्रम बेघाले वर्षैपच्छिे ठुलो संख्यामा धरानेहरुलाई दौडाएर धरान रनले धरानकै गौरब बढाएको बताए। कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, निवर्तमान मेयर तिलक राई, म्यागसेसे पुरस्कार बिजेता डा. महावीर पुन, गायक राजु लामा, मास्टर सेफ सन्तोष साह, सिक्किम भारतका मोटिभेसनल स्पिकर प्रिमिस भुटिया लगायतको उपस्थिती रहेको थियो।
दौड रुट अनुसार बिहान साढे ७ बजे पुतलीलाईनबाट शुरु भएको दौड प्रतियोगिता देशिलाईन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हातिसार क्याम्पस, रेडक्रस भवन, अमरहाट, जिरो प्वाइन्ट, जानकी चोक, धरान रंगशाला, गणेशमान चौक, पानी टंकी, कल्याण चौक, मंगलबारे, रत्न चोक, बुद्धचोक, दुर्गा चोक हँुदै पुतली लाईनमा आई समापन भएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)