धरानमा ढुंगे कला पार्क बनिंदैः श्रमदान मार्फत ढुंगामा सृजना खोप्दै कलाकार

मनिता चाम्लिङ/

दिव्य रोशनी(धरान)/ श्रमदाताको शहर भनेर चिनिएको धरानमा श्रमदान मार्फत् नै ढुंगे कला पार्क बनिने भएको छ। ढुंगे कला पार्क अर्थात् ढुंगामा विभिन्न आकृतिहरु बनाई ढुंगैढुंगाको पार्क बनाउन अहिले नेपालका प्रख्यात मूर्तिकारहरु धरान आई पुगेका छन्। बिना पारिश्रमिक श्रमदान गरी ढुंगाका मूर्तिहरु बनाउन ईटहरीबाट नरेश राई, टिकाराम पौडेल, उर्लाबारी मोरङबाट सुजन राई, योमन लिम्बु, पथरी मोरङबाट दिलमान बेघा, मोरङ टाँडीका बल बहादुर घिमिरे, धनकुटा पाख्रिबासका शंकर बराईली, धरानका डम्बर सिं लिम्बु, धु्रव कुमार राई, सन्जु राई, खोटाङ दिक्तेलका विनोद राई, अनिल राई लगायत दर्जन बढी कलाकारहरुको उपस्थिती रहेको छ।
धरान ४ स्थित वडा कार्यालय नजिकै खेरेनी टारमा ढुंगे कला पार्क बनाउन शुक्रवारदेखी एक महिने कला क्याम्प शुरु भएको छ। सो कला क्याम्पको एक समारोहका बिच धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले उद्धघाटन गरेका छन्। उनले धरानका कलाकार धु्रव कुमार राईद्वारा ढुंगामा खोपी तयार गरिएको नेपालको चुच्चे नक्सा सहित राष्ट्रिय गानको अनावरण गर्दै क्याम्पको उद्घघाटन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर साम्पाङले धरानमा श्रमदान मार्फत विभिन्न खालका पार्कहरु निर्माण भईरहेको बताए। उनले घर वरिपरी ओपन स्पेश अर्थात पार्क, बस्ने चौतारा नभए टिठ लाग्दो हुने बताउँदै मान्छे स्वस्थ्य रहन र भावनात्मक तरिकलाले खुसी हुन खुल्ला ठाउँ चाहिने बताए। उनले भने “ती ओपन स्पेशहरु पनि कलात्मक भएमा अझ बढी राम्रो हुन्छ। केही बजेटबाट र केही दाताहरुको आर्थिक सहयोगबाट बनिनेछ।” मेयर साम्पाङले यी पार्कमा रहेका ठुला ठुला ढुंगाहरुमा मूर्तिकारहरुको कला कोरिने बताउँदै ढुंगामा कोरिएको कला सँधैका लागी अद्धभूत र बलियो रहने समेत बताए। साथै उनले यो बनिंदै गरेको ढुंगे पार्क निर्माण सम्पन्न भएपछि पक्कैपनि पछि हेंरु हेंरु लाग्ने निर्माण हुने बताए। धरान श्रमदाताको शहर, श्रमलाई सम्मान गर्नेको शहर भएकाले श्रमदाताले बनाएका पार्कहरुमा पर्यटकहरुको घुँइचो लाग्ने समेत मेयर साम्पाङले बताए।
धरानका अन्य वडाहरुमा धमाधम पार्कहरु निर्माण हुन थालेपछि आफ्नै वडामा पनि पार्कहरु बनाउने सोंच वडाअध्यक्ष धन बहादुर राईलाई नआएको भने हैन। वडाध्यक्ष राईका अनुसार एकदिन उनी बिहानै उठेर मोबाईल हेर्दा भोजपुरमा एउटा कलाकारले किराती राजा यलम्बरको मूर्तिलाई पेन्टिङ गरिरहेको देखे। एकदमै आकर्षक लागेपछि उनले स्क्रिन सर्ट गरेर राखे। त्यसपश्चात् आफ्नै वडामा खाली रहेको सरकारी जमिनमा पार्क बनाएर ढुंगा राखि पेन्टिङ गर्ने जुक्ति उनकोे मनमा आएपछि मूर्तिकार रोजन राईसंँग सल्लाह समेत गरे। वडाअध्यक्ष राईले ४ नं. वडामा केही गर्नुपर्यो ? भनेपछि मूर्तिकार रोजन राईले तपाईको वडामा ढुंगैढुंगाको केही बनाउन मन लागेको छ भनेपछि ढुंगे पार्कको अवधारणा ल्याईएको वडाअध्यक्ष राईको भनाई छ।


यसअघि यस स्थानमा काँडाघारी, खाली बोतल र सिसाका टुक्राहरु, मरेका जनावरका सिनोहरु फ्याक्ने डम्पिङ साईट जस्तो थियो। त्यसपछि टिएलओ मार्फत् सूचना जारी गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत ६ जनाले सय दिनसम्म सरसफाई गरेपछि खोलाबाट ठुला ठुला ढुंगाहरु डोजर, ट्याक्टर मार्फत ल्याईएको वडाअध्यक्ष राईले बताए। उनले ढुंगाको पार्क बनाउने योजना भएपछि दाताहरुबाट आएको २ लाख रुपैयाँ आर्थिक सहयोगले ड्रिलिङ गर्ने मेशिन, हेल्मेट र सेफ्टी ज्याकेटहरु लिएको बताए। उनले भने “यो ढुंगा काटेर मूर्ति बनाउने भन्ने चानचुने कुरो होईन रहेछ। सम्भावित दुर्घटनाहरु हुने रहेछ।”
वडाअध्यक्ष राईले धरानमा ढुंगा बोक्न, पाईप तान्न श्रमदान भएपनि ढुंगा खोपेर मूर्ति बनाउन कलाकारहरु पनि श्रमदान गर्न तयार हुँदा आफुलाई अचम्म लागेको बताए। उनले ईतिहासमै पहिलो पटक मेयर साम्पाङको श्रमदान अभियानमा गायक÷गायिका संगितकार र मूर्तिकारहरुपनि जोडिएको बताए। पाख्रिबासका मूर्तिकार शंकर बराईलीले “कतिवटा मूर्ति खोप्न पाईन्छ” भन्ने शब्दले आफुलाई खुसी लागेको बताउँदै उनले भने “धरानमा श्रमदान गर्न कलाकारहरु पनि मौकाको पर्खाईमा रहेछ भन्ने लाग्यो। सबैको सपोर्ट पाएका छौं, खुसी लागेको छ।” उनले जसरी धरान २० मा पर्यटकको ओईरो लागेको छ, त्यसरी नै धरान ४ मा पनि पर्यटकहरुको ओईरो लगाउन कलाकारहरुको ठुलो भूमिका रहने बताए।


श्रमदान मार्फत ढुंगे कला पार्क निर्माणका लागी दर्जनबढी मूर्तिकारहरुलाई एकैठाँउमा ल्याउने काम भने धरानका चर्चित मूर्तिकार रोजन राईले गरेका हुन्। मूर्तिकार राईले पार्कमा कलाकारहरुले १ महिनासम्म आफ्नो सिर्जनाहरु ढुंगामा उतार्ने बताए। उनले आफ्नो ईतिहास बनाउन दाताहरुलाई सुवर्ण अवसर भएकाले नछुट्न सुझाव समेत दिए। उनका अनुसार पार्कमा चौतारा, हार्ट (मुटु) का चित्र, भिसी पार्क पनि बनाईने भएको छभने वडा नं. ४ लेखिएको ठुलो चित्र बनाईने जहाँ दाताहरुको नाम लेखिने छ। श्रमदान गर्ने कलाकारहरुलाई खाने र बस्नेको व्यवस्था आयोजकले गर्ने मूर्तिकार राईले बताए।
वनमाराले घेरिएको यस स्थानलाई अहिले पार्क बनाउन थालेपछि आकर्षक देखएको स्थानिय धु्रव चाम्लिङ राईले बताए। उनले पहिले वास्ता नै नगरिएको ढुंगामा मूर्ति निर्माण हुन थालेपछि अहिले ढुंगाको महत्व बुझ्दै आएको समेत बताए। उनले भने “हामी मरेर गएपनि ढुंगामा बनेको मूर्ति अनन्तकालसम्म रहने छ। यो पार्क बनाउने सोंच वडाअध्यक्ष धन बहादुर राई प्रति सलाम छ।” त्यस्तै अर्का स्थानियवासी किर्तीमान राईले पनि धरानमा फरक किसिमको ढुंगाको पार्क आफ्नै वडामा बनिन थालेकोमा वडावासीहरु नै खुसी भएको बताए।
ढुंगे कलापार्कमा आफ्नो सिर्जना उतारिरहेका धनकुटा पाख्रिबासका कलाकार शंकर बराईलीले धरानका मेयर हर्क साम्पाङको श्रमदान अभियान देखेर आफुमा श्रमदान गर्ने ईच्छा जागेको बताउँदै आफुले जानेको कुरामा श्रमदान गर्न पाउँदा एकदमै खुसी लागेको बताए। उनले १२ महिनामा १ महिना मात्र भएपनि देशको विकासका लागी सबैले श्रमदान गर्नुपर्ने बताए। उनले नेत्र विशेषज्ञ डा. सन्दुक रुईतलाई दर्शाउँदै आँखाको चित्र बनाउन थालेका छन्। त्यस्तै मोरङ उर्लाबारीका सुमन राईले पनि ढुंगे कलापार्कमा मान्छेको जोडी बनाउन थालेका छन्।
पार्कका संयोजक भैरव आङ्लाले धरानमा श्रमदानको लहर चलेकाले आफ्नो पेशा अनुसार श्रमदान गर्न कलाकारहरु धरानमा आएको बताए। उनले १ महिनासम्म पार्कमा कलाकारहरुले ढुंगामा आफ्नो सिर्जना उतार्ने बताउदै यसले धरानको पर्यटनमा ईटा थपिने बताए।श्रमदाताको शहर भनेर चिनिएको धरानमा श्रमदान मार्फत् नै ढुंगे कला पार्क बनिने भएको छ। ढुंगे कला पार्क अर्थात् ढुंगामा विभिन्न आकृतिहरु बनाई ढुंगैढुंगाको पार्क बनाउन अहिले नेपालका प्रख्यात मूर्तिकारहरु धरान आई पुगेका छन्। बिना पारिश्रमिक श्रमदान गरी ढुंगाका मूर्तिहरु बनाउन ईटहरीबाट नरेश राई, टिकाराम पौडेल, उर्लाबारी मोरङबाट सुजन राई, योमन लिम्बु, पथरी मोरङबाट दिलमान बेघा, मोरङ टाँडीका बल बहादुर घिमिरे, धनकुटा पाख्रिबासका शंकर बराईली, धरानका डम्बर सिं लिम्बु, धु्रव कुमार राई, सन्जु राई, खोटाङ दिक्तेलका विनोद राई, अनिल राई लगायत दर्जन बढी कलाकारहरुको उपस्थिती रहेको छ।


धरान ४ स्थित वडा कार्यालय नजिकै खेरेनी टारमा ढुंगे कला पार्क बनाउन शुक्रवारदेखी एक महिने कला क्याम्प शुरु भएको छ। सो कला क्याम्पको एक समारोहका बिच धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले उद्धघाटन गरेका छन्। उनले धरानका कलाकार धु्रव कुमार राईद्वारा ढुंगामा खोपी तयार गरिएको नेपालको चुच्चे नक्सा सहित राष्ट्रिय गानको अनावरण गर्दै क्याम्पको उद्घघाटन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर साम्पाङले धरानमा श्रमदान मार्फत विभिन्न खालका पार्कहरु निर्माण भईरहेको बताए। उनले घर वरिपरी ओपन स्पेश अर्थात पार्क, बस्ने चौतारा नभए टिठ लाग्दो हुने बताउँदै मान्छे स्वस्थ्य रहन र भावनात्मक तरिकलाले खुसी हुन खुल्ला ठाउँ चाहिने बताए। उनले भने “ती ओपन स्पेशहरु पनि कलात्मक भएमा अझ बढी राम्रो हुन्छ। केही बजेटबाट र केही दाताहरुको आर्थिक सहयोगबाट बनिनेछ।” मेयर साम्पाङले यी पार्कमा रहेका ठुला ठुला ढुंगाहरुमा मूर्तिकारहरुको कला कोरिने बताउँदै ढुंगामा कोरिएको कला सँधैका लागी अद्धभूत र बलियो रहने समेत बताए। साथै उनले यो बनिंदै गरेको ढुंगे पार्क निर्माण सम्पन्न भएपछि पक्कैपनि पछि हेंरु हेंरु लाग्ने निर्माण हुने बताए। धरान श्रमदाताको शहर, श्रमलाई सम्मान गर्नेको शहर भएकाले श्रमदाताले बनाएका पार्कहरुमा पर्यटकहरुको घुँइचो लाग्ने समेत मेयर साम्पाङले बताए।
धरानका अन्य वडाहरुमा धमाधम पार्कहरु निर्माण हुन थालेपछि आफ्नै वडामा पनि पार्कहरु बनाउने सोंच वडाअध्यक्ष धन बहादुर राईलाई नआएको भने हैन। वडाध्यक्ष राईका अनुसार एकदिन उनी बिहानै उठेर मोबाईल हेर्दा भोजपुरमा एउटा कलाकारले किराती राजा यलम्बरको मूर्तिलाई पेन्टिङ गरिरहेको देखे। एकदमै आकर्षक लागेपछि उनले स्क्रिन सर्ट गरेर राखे। त्यसपश्चात् आफ्नै वडामा खाली रहेको सरकारी जमिनमा पार्क बनाएर ढुंगा राखि पेन्टिङ गर्ने जुक्ति उनकोे मनमा आएपछि मूर्तिकार रोजन राईसंँग सल्लाह समेत गरे। वडाअध्यक्ष राईले ४ नं. वडामा केही गर्नुपर्यो ? भनेपछि मूर्तिकार रोजन राईले तपाईको वडामा ढुंगैढुंगाको केही बनाउन मन लागेको छ भनेपछि ढुंगे पार्कको अवधारणा ल्याईएको वडाअध्यक्ष राईको भनाई छ।
यसअघि यस स्थानमा काँडाघारी, खाली बोतल र सिसाका टुक्राहरु, मरेका जनावरका सिनोहरु फ्याक्ने डम्पिङ साईट जस्तो थियो। त्यसपछि टिएलओ मार्फत् सूचना जारी गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत ६ जनाले सय दिनसम्म सरसफाई गरेपछि खोलाबाट ठुला ठुला ढुंगाहरु डोजर, ट्याक्टर मार्फत ल्याईएको वडाअध्यक्ष राईले बताए। उनले ढुंगाको पार्क बनाउने योजना भएपछि दाताहरुबाट आएको २ लाख रुपैयाँ आर्थिक सहयोगले ड्रिलिङ गर्ने मेशिन, हेल्मेट र सेफ्टी ज्याकेटहरु लिएको बताए। उनले भने “यो ढुंगा काटेर मूर्ति बनाउने भन्ने चानचुने कुरो होईन रहेछ। सम्भावित दुर्घटनाहरु हुने रहेछ।”
वडाअध्यक्ष राईले धरानमा ढुंगा बोक्न, पाईप तान्न श्रमदान भएपनि ढुंगा खोपेर मूर्ति बनाउन कलाकारहरु पनि श्रमदान गर्न तयार हुँदा आफुलाई अचम्म लागेको बताए। उनले ईतिहासमै पहिलो पटक मेयर साम्पाङको श्रमदान अभियानमा गायक÷गायिका संगितकार र मूर्तिकारहरुपनि जोडिएको बताए। पाख्रिबासका मूर्तिकार शंकर बराईलीले “कतिवटा मूर्ति खोप्न पाईन्छ” भन्ने शब्दले आफुलाई खुसी लागेको बताउँदै उनले भने “धरानमा श्रमदान गर्न कलाकारहरु पनि मौकाको पर्खाईमा रहेछ भन्ने लाग्यो। सबैको सपोर्ट पाएका छौं, खुसी लागेको छ।” उनले जसरी धरान २० मा पर्यटकको ओईरो लागेको छ, त्यसरी नै धरान ४ मा पनि पर्यटकहरुको ओईरो लगाउन कलाकारहरुको ठुलो भूमिका रहने बताए।
श्रमदान मार्फत ढुंगे कला पार्क निर्माणका लागी दर्जनबढी मूर्तिकारहरुलाई एकैठाँउमा ल्याउने काम भने धरानका चर्चित मूर्तिकार रोजन राईले गरेका हुन्। मूर्तिकार राईले पार्कमा कलाकारहरुले १ महिनासम्म आफ्नो सिर्जनाहरु ढुंगामा उतार्ने बताए। उनले आफ्नो ईतिहास बनाउन दाताहरुलाई सुवर्ण अवसर भएकाले नछुट्न सुझाव समेत दिए। उनका अनुसार पार्कमा चौतारा, हार्ट (मुटु) का चित्र, भिसी पार्क पनि बनाईने भएको छभने वडा नं. ४ लेखिएको ठुलो चित्र बनाईने जहाँ दाताहरुको नाम लेखिने छ। श्रमदान गर्ने कलाकारहरुलाई खाने र बस्नेको व्यवस्था आयोजकले गर्ने मूर्तिकार राईले बताए।


वनमाराले घेरिएको यस स्थानलाई अहिले पार्क बनाउन थालेपछि आकर्षक देखएको स्थानिय धु्रव चाम्लिङ राईले बताए। उनले पहिले वास्ता नै नगरिएको ढुंगामा मूर्ति निर्माण हुन थालेपछि अहिले ढुंगाको महत्व बुझ्दै आएको समेत बताए। उनले भने “हामी मरेर गएपनि ढुंगामा बनेको मूर्ति अनन्तकालसम्म रहने छ। यो पार्क बनाउने सोंच वडाअध्यक्ष धन बहादुर राई प्रति सलाम छ।” त्यस्तै अर्का स्थानियवासी किर्तीमान राईले पनि धरानमा फरक किसिमको ढुंगाको पार्क आफ्नै वडामा बनिन थालेकोमा वडावासीहरु नै खुसी भएको बताए।
ढुंगे कलापार्कमा आफ्नो सिर्जना उतारिरहेका धनकुटा पाख्रिबासका कलाकार शंकर बराईलीले धरानका मेयर हर्क साम्पाङको श्रमदान अभियान देखेर आफुमा श्रमदान गर्ने ईच्छा जागेको बताउँदै आफुले जानेको कुरामा श्रमदान गर्न पाउँदा एकदमै खुसी लागेको बताए। उनले १२ महिनामा १ महिना मात्र भएपनि देशको विकासका लागी सबैले श्रमदान गर्नुपर्ने बताए। उनले नेत्र विशेषज्ञ डा. सन्दुक रुईतलाई दर्शाउँदै आँखाको चित्र बनाउन थालेका छन्। त्यस्तै मोरङ उर्लाबारीका सुमन राईले पनि ढुंगे कलापार्कमा मान्छेको जोडी बनाउन थालेका छन्।


पार्कका संयोजक भैरव आङ्लाले धरानमा श्रमदानको लहर चलेकाले आफ्नो पेशा अनुसार श्रमदान गर्न कलाकारहरु धरानमा आएको बताए। उनले १ महिनासम्म पार्कमा कलाकारहरुले ढुंगामा आफ्नो सिर्जना उतार्ने बताउदै यसले धरानको पर्यटनमा एउटा ईटा थपिने बताए। (दिव्य रोशनी साप्ताहिकबाट)