आज धरानमा घन्किनेछ “साँझ परेपछि”
धरान । “साँझ परेपछि नि लैलै” सबैको जिब्रोमा झुण्डिएको गीत हो । नेपाली भाषीहरुको बसोवास रहेको भारतको पहाडी भूमि कालेबुङका गायक अनमोल गुरुङले गायको यो गीत अहिले युटुवमा दश मिलियन अर्थात एक करोड दर्शक पाएको छ । त्यही भएर सबै संगीतप्रेमीहरुको रोजाइमा छन गायक अनमोल गुरुङ ।
हो तिनै गायक गुरुङ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाछन् । उनका हजारौँ रहर लगायतका गीहरुले समेत युटुवमा दश मिलियन दर्शक पाएकोछ । एउटै पिरती लगायत दर्जनौँ चर्चित गीतका गायक गुरुङलाई धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजेदे िधराने दर्शकहरुले हेर्न र सुन्न सक्नेछ ।
प्रत्येक दिन नयाँनयाँ कलाहरु प्रस्तुत गरिरहेको नेचर क्लव धरानले आज सोमबार गायक गुरुङलाई धरान ल्याइएको क्लवका अध्यक्ष कृष्ण राईले जानकारी गराए । कालेबुङ भारत भएरपनि नेपाली गीत संगीतमा गरेको योगदान हाम्रा लागि अमुल्य रहेकाले दुबै देशलाई जोड्न गुरुङलाई धरान ल्याइएको महोत्सव आयोजक क्लवका अध्यक्ष राईले बताए ।
गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आज नवौँ दिन सोमबार धराने दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गुरुङलाई धरान ल्याइएको राईले बताए ।
प्रत्येकदिनजसो चर्चाका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले मंगलबार फिचरिङ एण्ड गुड बोइज ब्याण्डका समिर श्रेष्ठ मंगलबार समिर श्रेष्ठ र बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले बताए ।
धरान उपमहानगर १५ नम्बर वडा समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लव धरान, निशान त्रिभ्याली टोल विकास संस्था मूख्य आयोजक र त्रिवेणी महिला समुह सह आयोजक रहेको संयोजक कान्छीले बताए ।