आसरा सुधार केन्द्रको छैठौं बार्षिक उत्सव तथा साधारणसभा सम्पन्न

दिव्य रोशनी(धरान)/ आसरा सुधार केन्द्र, पानवारी धरानको छैठौं बार्षिक उत्सव तथा साधारणसभा सम्पन्न भएको छ।
बुधवार आसरा सुधार केन्द्रको हातामा भएको बार्षिक उत्सव तथा साधारणसभामा
नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष कुँबरले युवाहरुलाई लागुऔषधबाट जोगाउन आम नागरिकमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रमलाई व्यापकरुपमा बनाउदै लैजानुपर्ने बताईन्। उनिले लागुऔषध दुव्यर्सनमा फसेर उपचार गर्नुभन्दा यस कुलतबाट जोगाउनु नै अहिलेको मुख्य आवश्यक्ता भएको बताईन्।


यसैगरी कार्यक्रममा आसरा सुधार केन्द्रका मानार्थ सदस्य मनोज कुमार मेन्याङ्बोले अति विपन्न दुव्र्यसनिहरुलाई यस केन्द्रले विशेष छुटका साथ उपचार तथा मनोपरामर्श दिदै आएको जानकारी दिए। त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले आफ्ना अभिभावकहरुले छोराछोरीहरुलाई दुव्र्यसन जस्ता कुलतबाट जोगाउन सदैव चनाखो हुनुपर्ने बताए।
कार्यक्रममा श्रीमती संघकी केन्द्रिय उपाध्यक्ष रुपा थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरीहरनाथ योगी, इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश जवेगु, कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवा सुनसरीका प्रमुख प्रहरी नायव उपरीक्षक डा.सरोज सिंह, धरान १३ नं वडाका वडाअध्यक्ष नेत्र प्रसाद काफ्ले, ५ नं वडाका वडाअध्यक्ष मन प्रसाद लिम्बु, २ नं वडाका वडाअध्यक्ष रमेश राई लगायतको उपस्थिती रहेको थियो।
आसरा सुधार केन्द्र संचालक समितिका प्रथम उपाध्यक्ष शिला बज्राचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रका व्यवस्थापक सदस्य सचिब प्रहरी निरीक्षक सागर श्रेष्ठले बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।