पब्लिक हाइस्कूल बिद्यार्थीहरु ड्रोन र रोर्वट बनाउन सिक्दै

दिव्य रोशनी (धरान)/ धरान १२ स्थित पब्लिक हाई स्कुलका विद्यार्थीहरुले ड्रोन र रोर्वट बनाउन सिक्न थालेका छन्।
ईलेक्ट्रिकल कक्षा १२ र कम्प्यूटर साइन्सका ११ र १२ का विद्यार्थीहरुको सहभागी रहेको सो रोबटिक्स तालिम मंशिर १ गते शनिवारदेखी शुरु भई मंशिर ७ गतेसम्म संचालन हुनेछ। तालिममा विद्यालयका प्रधानाध्यपक डा. ईन्द्र्र मोहन झाले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान भन्दा पनि प्रयोगात्मक शीपमूलक शिक्षालाई प्राथमिकता दिई शिक्षण विधिलाई अगाडी बढाइरहेको बताए। यसैगरी विद्यार्थीहरुले सिकेर बनाएका रोवर्ट र ड्रोनको प्रर्दशनी वार्षिक उत्सवमा गरिने इलेक्ट्रिकल तथा साइन्स विभागका इन्चार्ज मोहन श्रेष्ठले बताए।
सो रोबटिक्स तालिमलाई उत्थान रोवटिक्सका विनम श्रेष्ठले सहजिकरण गरेका छन्भने विद्यालयका इलेक्ट्रिल प्रशिक्षक सुजन खड्काले संयोजन गरेका छन्।