मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज कुसुमलाई
दिव्य रोशनी/ नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवरले मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज जित्न सफल भएकी छिन्।
इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको फाईनल स्पर्धामा कुसुमले मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज जित्न सफल भएकि हुन्।
यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न मिस ग्राण्ड नेपाल २०२४ मा मिस ग्राण्ड गण्डकीको उपाधि जितेकी कुसुमलाई मिस सुप्राग्लोबलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको थियो। सो प्रतियोगितामा सहभागि हुनु अघि कुसुमले संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण र प्रशिक्षण प्राप्त गरेकी थिइन् । मिस सुप्राग्लोबल २०२४ मा कुसुम सहित नेपालका लागि राष्ट्रिय निर्देशक लक्की राम के.सी. पनि कार्यक्रममा उपस्थित रहेका थिए । उनले प्रतियोगितामा इन्टरनेसनल जुरीको भूमिका निर्वाह गरेका थिए।