आज माघे संक्रान्तिः घिउ, चाकु र तरुल खाएर मनाईदै

दिव्य रोशनी(धरान)/ आज माघे संक्रान्तिः घिउ, चाकु र तरुल लगायतका परिकार खाएर मुलुकभर यो पर्व मनाइँदै छ । आजदेखि सूर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ। माघे संक्रान्तिको अवसरमा सुनसरीको बराहक्षेत्र, झापाको कन्काई माई, चितवनको देवघाट लगायतका स्थानमा स्नान गर्ने र पाठपुजा गर्नेको बिहानैदेखि घुइँचो लागेको हुन्छ। आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउ लगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।
थारु, मगर समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाउँने गर्दछन्।