शुक्रबार ५०८७ जनामा कोरोना संक्रमण पुष्टिः ३ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ७४ पिसीआर परिक्षण गर्दा ४ हजार २ सय ४ जना र ७ हजार ८६ एन्टिजेन परिक्षणबाट गर्दा ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ६ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १५ हजार ६ सय ५३ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय १३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।