कोभिडका कारण मगर समुदायको सारल्हेस कार्यक्रम रद्ध

दिव्य रोशनी(धरान)/ नेपाल मगर संघ धरान नगर समितीद्धारा आयोजना हुन लागेको सार ल्हेस २०७८ कार्यक्रम नहुने भएको छ।
आज विहिवार धरान १६ स्थित संघको भवनमा आयोजित संघको भेलाले यही माघ १ गते धरान १० स्थित सैनिक भवनमा हुने भनिएको सारल्हेस कार्यक्रम कोरोना महामारीका कारण रद्ध गरेको हो। संघका अध्यक्ष चित्रराज थापा मगरले नेपालमा कोरोना संक्रमण दर बढ्दो रहेकाले कोभिड १९ संकट व्यावस्थापन समन्वय बैठकको २०७८ पुष २५ गतेको सिफारिस अनुसार जिल्ला कोभिड १९ व्यावस्थापन समितीले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेलाभई कार्यक्रम, उत्सव गर्न नपाउने निर्णय गरेकाले मगर समुदायले माघ १ गते मनाउदै आएको सारल्हेस पर्व नमनाउने निर्णय गरेको बताए। उनले नेपालमा कोभिड संक्रमण दर दिनहु बढ्दै गएकाले स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी माघ १ गते हुने भनिएको सार ल्हेस कार्यक्रम रद्ध गरिएको समेत जनाए।