गोधुली रनिङ कपमा धरान १६ र १३ नं. वडा विजयी

दिव्य रोशनी(धरान)/ धरानमा जारी २२ औं संस्करणको गोधुली फुटबल रनिङ कपमा आज विहिवार भएको खेलमा धरान १६ र १३ नं. वडाले विजय हात पारेको छ।
धरान रंगशालामा भएको पहिलो खेलमा धरान १६ नं. वडाले ७ नं. वडालाई ४–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ। खेलमा धरान–१६ का लागि सरोज लकान्द्रिले २ गरेका थिएभने प्रदिप लिम्बु र जलन तुम्बापोले एक÷एक गोल गरेका थिए। खेलको म्यान अफ द म्याच १६ नं. वडाका जमिन लिम्बु घोषित भए । उनले नगद १५ सय हात पारे।
यसैगरी दोस्रो खेलमा धरान १३ ले धरान ६ नं वडालाई सडन डेथमा पराजित गरेको छ। निर्धारित समयको खेलमा १–१ को बराबर भएपछि ट्राईब्रेकरमा पुगेको थियो। ट्राई ब्रेकरमा पनि ४÷४ गोलभएपछि खेलको निर्णय सडन डथमा पुगेको थियो। सडन डेथमा धरान १३ नं वडाका विवेक राईले गोल गरेका थिएभने धरान ६ नं वडाका नविन विश्वकर्मा गोल गर्नबाट चुकेका थिए।
भोली शुक्रवार चार खेल हुनेछन्। जसमा पहिलो खेल धरान १४ र १५ नं वडा, दोस्रो खेल धरान ८ र १८ नं वडा, तेस्रो खेल १६ र १९ नं वडा र चौथो खेल धरान १३ र ११ का बिच हुने आयोजकले जनाएको छ।