नेपालमा कोरोना संक्रमण बढ्दैः बुधबार ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ५८ पिसीआर परिक्षण गर्दा २ हजार ९ सय २२ जना र ४ हजार ५ सय ८३ एन्टिजेन परिक्षणबाट गर्दा ६ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ७१ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा १ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय १० जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।