चैनपुर–३ मा काँग्रेस पार्टी कार्यालयको उद्घाटन

दिव्य रोशनी÷संखुवासभा, नेपाली काँग्रेस पार्टीको चैनपुर नगरपालिका–३ स्थित वडा इकाई कार्यालयको उद्धघाटन गरिएको छ।
आज (बुधबार) एक कार्यक्रमका बिच काँग्रेसका जिल्ला सभापति तथा पुव राज्यमन्त्री दिपक खड्काले पार्टी वडा कार्यालयको उद्धघाटन गरेका हुन् । उद्घघाटन कार्यक्रमलाई सम्बोधन गदै सभापति खडकाले निर्वाचन नजिकिदै गएकाले सबै कार्यकर्ताहरूले इमानदारिताका साथ अहोरात्र संगठनमा खट्न आग्रह गरे । उनले नेकपा एमालेले जितेको स्थानीय तहमा भष्टाचार बढेको र विकास निर्माण लगायतका जनमुखि काम नगरेको गुनासो पनि गरे। कार्यक्रममा पार्टी उपसभापति रामकुमार जिमि, निर्वाचन क्षेत्र (ख) का सभापति दिपेन्द्रमान शाक्य, चैनपुर नगर सभापति शंकरमान कडेल लगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा चैनपुर–३ का शुक्र राईको नेतृत्वमा एक दर्जन बढि युवाहरू नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका थिए । ती युवाहरूलाई सभापति खडकाले खादा अविर लगाएर स्वागत गरेका थिए। सो कार्यक्रम चैनपुर–३ का वडा सभापति महेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।