दुबईमा मृत्युदण्डको सजाय सुनाईएका सुजन लिम्बुको परिवारद्धारा जिवन रक्षाको आग्रह

दिव्य रोशनी(धरान)/ पाथीभरा याङवरक गाउँपालिका २ ताप्लेजुङका मनिप्रसाद लिम्बुले दुबईमा मृत्युदण्डको सजाय भोगिरहेका आफ्नो छोरा सुजन लिम्बुको जिवन रक्षाका लागि नेपाल सरकारसंँग आग्रह गरेका छन्।
आज नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सुजनका बुवा मनिप्रसाद लिम्बुले मान्छे मारेको आरोपमा दुबईको जेलमा मृत्युदण्डको सजाय भोगीरहेका आफ्ना छोराको जिवन रक्षाका लागि नेपाल सरकार संँग अनुरोध गरेका हुन्। मनिप्रसादका अनुसार २०७५ साउन २६ गते बैदेशिक रोजगार दुबईमा गएका छोरा सुजन २०७६ फागुन १० गते ज्यान मुद्धामा जेल परेका थिए। एउटै कम्पनिमा कार्यरत सुजन ४ जना साथीहरु सँंग एउटै कोठामा रहँदै आएकोमा तिनजना साथीहरु नाईट ड्यिुटीमा निस्किएपछि उनी एक्लै थिए। राती १ बजे श्रीलंकाली मान्छेहरु लुटपाट गर्ने उद्धेश्यले आएर आक्रमण गरेको र भाग्नेक्रममा १ जना छतबाट लडी घाईते भई उपचारको क्रममा मरेकोले सुजनलाई हत्याको अभियोग लगाई जेलमा राखिएको थियो। त्यसपश्चात् दुबई सरकारले सुजनलाई मृत्यु दण्डको सजाय सुनाएको थियो।
मृत्यु दण्डको सजाय सुनाएको १ वर्षपछि दुबई अदालतले २०७८ कातिक १० गते ब्लड मनि वापत २ लाख दिराम (लगभग नेरु ६० लाख रुपैयाँ) र ५ वर्ष जेल सजायको निर्णय सुनाएकोले छोराको जिवन रक्षाका लागि मनिप्रसादले नेपाल सरकार समक्ष अनुरोध गरेका छन्।

पाथीभरा याङवरक गाउँपालिकाद्धारा सुजन लिम्बुको सहयोगका लागी गरिएको सिफारिसपत्र