धरानमा पहिलो पटक डिजिटल मेला लाग्ने

दिव्य रोशनी(धरान)/ सप अर्डरले धरानमा पहिलो पटक डिजिटल मेला लगाउने भएको छ ।
आज धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै सप अर्डरका अध्यक्ष सुमन लिम्बुले यही माघ १ गते देखि १० गते सम्म डिजिटल मेला आयोजना गर्न लागेको जानकारी दिए। उनले पछिल्लो समय कोरोना संक्रमणदर बढिरहेको बेलामा डिजिटल मेलाले स्वास्थ्य र समयको बचत पनि हुने बताए।
अध्यक्ष लिम्बुका अनुसार मेलाको अवधिमा धरानका विभिन्न होटल रेष्टुरेन्टहरुसंग समन्वय गरी होटल रेष्टुरेन्टको खानेकुराहरू अनलाइनबाटै अर्डर गरेर घरमै बसी बसी खान पाइने छभने ईलेक्ट्रोनिक्स सामान, किताब र कपडा पनि खरिद गर्न सकिनछ।
ग्राहाकहरुले यस डिजिटल मेलामा सहभागी भई सेवा लिनका लागी सप अर्डरको एप ाउनलोडगरी वेभ साइटमा उपलब्ध सामानहरु अनलाइन मार्फत खरिद गर्न सकिनेछ। यसैगरी डिजिटल मेलामा विभिन्न आकर्षक अफरहरू तथा बम्पर उपहार पनि राखिएको छ । जसमा मेला अवधिभर अर्डर गर्दा ६ देखि २० प्रतिशत सम्म छुटको व्यवस्था छ। साथै मेलाको हरेक दिन एक जना लक्की विजेताले स्पेसल फुड आइटम उपहार स्वरूप जित्नेछन्भने मेलाको अन्तिम दिन चार जना भाग्यशाली विजेताहरूले चौबीस सय सम्मको सपअडर भौचर जित्न सक्नेछन्। मेला अवधिभर धरान उपमहानगरभरिबाट अर्डर गर्ने सम्पूर्ण ग्राहकहरूलाई निःशुल्क होम डेलिभरीको सुविधा रहेको सप अध्यक्ष लिम्बुले बताए।