कोरोना संक्रमण झनै बढ्योः मंगलबार २४४४ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ पिसीआर परिक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ एन्टिजेन परिक्षणबाट गर्दा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय १३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १४ हजार ७ सय ९८ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा १ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ७ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।