गोधुली रनिङ कपमा धरान १६ र १४ नं वडा विजयी

दिव्य रोशनी(धरान)/ धरानमा जारी २२ औं संस्करणको गोधुली फुटबल रनिङ कपमा आज सोमवार भएको खेलमा धरान १६ र १४ नं. वडाले विजय हात पारेको छ ।
धरान रंगशालामा भएको पहिलो खेलमा धरान १६ नं. वडाले १२ नं. वडालाई ४–० गोल अन्तरले पराजित गर्दै विजय हात पारेको हो। खेलमा धरान–१६ का लागि सरोज लकान्द्रीले ह्याट्रिक गरेका थिएभने एकगोल मनिष बस्नेतले गरेका थिए। खेलको म्यान अफ द म्याच १६ नं. वडाका सरोज लकान्द्री घोषित भए । उनले नगद १५ सय हात पारे।
यसैगरी आजै भएको दोस्रो खेलमा धरान १४ ले धरान १ नं वडालाई ३–० गोल अन्तरले हराउदै पहिलो जित हात पारेको छ। खेलमा धरान १४ नं वडाका बिटु तामाङले एक गोल गरेका थिएभने विपिन श्रेष्ठले दुई गोल गरेका थिए। खेलको म्यानअफ दि म्याच १४ नं वडाका सन्दिप राई घोषित भए। उनले नगद १५ सय हात पारे। भोली मंगलवारको पहिलो खेल धरान वडा नं. १३ र २ का बीच हुने छभने दोस्रो खेल धरान १८ र ५ नं वडाका बिच हुने आयोजकले जनाएको छ।