टेन्ट व्यवसायी समाज द्धारा रक्तदान

दिव्य रोशनी(धरान)/ टेन्ट व्यवसायी समाज धरानले रक्तदान कार्यक्रम गरेको छ ।
टेन्ट व्यवसायी समाज धरानमा पहिलो पटक दर्ता भएको उपलक्ष्यमा सोमबार धरान १ स्थित छाताचौकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । टेन्ट व्यवसायी संघका सल्लाहकार जय प्रकाश शर्माका अनुसार रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको थियो । रक्तदाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरानका मेयर तिलक राईले प्रमाण पत्र प्रदान गरेका थिए । उनले धरानका राजनितिक दलहरु मात्र हैन, यहाँका सम्पूर्ण सामाजिक संघ संस्थाहरु, उद्योग वाणिज्य संघ, व्यापार, व्यवसायीहरु, विभिन्न वर्गिय संघ संगठनहरु अत्यन्तै क्रियाशिल रहेको बताए। मेयर राईले जिवनमा सबैभन्दा ठूलो दान भनेको रक्तदान रहेको जनाउँदै टेन्ट व्यवसायी समाजले गरेको रक्तदान कार्यक्रम अत्यन्तै सराहणीय कार्य भएको बताए।