सोमबार १४४६ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ पिसीआर परिक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टिजेन परिक्षणबाट गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ५५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १४ हजार ४ सय ८५ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।