आईतबार ११६७ जनामा कोरोना संक्रमण पुष्टिः २ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ४८ पिसीआर परिक्षण गर्दा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टिजेन परिक्षणबाट गर्दा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय २४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १४ हजार २ सय ३० पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ४ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।