आदर्श टोलको अध्यक्षमा नगेन्द्र रोईला

दिव्य रोशनी/ इटहरी १ आदर्श टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभाले नगेन्द्र रोइलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती सर्बसम्मत रूपमा चयन गरेको छ।
शनिवार सम्पन्न सभाले समितिको उपा उपाध्यक्षमा इश्वरी प्रसाद भण्डारी,सचिवमा सुनिल दंगाल, सह–सचिवमा दिपक कार्की र कोषाध्यक्षमा निर्मला कट्टेल (बास्तोला) चयन भएका छन्। यसैगरी समितीकोे सदस्यहरुमा निल बहादुर खड्का ,गोकुल रिजाल ,अबिन्द्र पाण्डे, मिनालक्ष्मी बास्तोला, यशोदा बस्नेत,भवानी (भरत) प्रसाद अधिकारी चुनिएका छन्।


३ बर्षे कार्यकाल रहेको उक्त समितिको निर्वाचन अधिकृतमा अमर खड्का, शिशिर रोइला लगायत ३ सदस्य रहेका थिए। कार्यक्रममा आर्थिक प्रतिवेदन सीता कटवालले प्रस्तुत गरेकि थिइन्भने निवर्तमान अध्यक्ष बेदबिक्रम घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।